२ पुस २०८२, बुधबार | December 18, 2025

माओवादीसँग एकताको टुंगो लागि सकेको छैन : बाबुराम भट्टराई



काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी केन्द्रसँग निर्वाचन तालमेल मात्रै भएको बताउँदै उनले पार्टी एकताको विषय टुंगोमा पुगिनसकेको स्पष्ट पारेका छन् ।

आइतबार हेटौँडामा पत्रकारसँग कुराकानी गर्दै डा. भट्टराईले पुराना राजनीतिक शक्तिहरूले व्यवस्था फेरे पनि जनताको जीवनस्तरमा परिवर्नत ल्याउन नसकेको बताउँदै वैकल्पिक शक्तिका रूपमा स्थापित हुने आफ्नो अभियान जारी नै रहेको बताए ।

‘वर्तमान अवस्थामा राज्य व्यवस्थाप्रति जनताको असन्तुष्टि हुनु जायज हो । अब यो विषयमा अग्रगामी समाधान गरिनुपर्छ ।वर्तमान शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन नगरेसम्म मुलुकले काँचुली फेर्न सक्दैन,’ उनले भने ।

आफ्नो पार्टी वैकल्पिक शक्ति बनाउने प्रयासमा रहेको र समाजवादी विचारधाराबाट अघि बढ्न कोही तयार हुन्छ भने आफूहरु एकता गरेर अघि बढ्ने पूर्वप्रधानमन्त्री भट्टराईले बताए । माओवादी केन्द्रसँग निर्वाचन तालमेल मात्रै भएको बताउँदै उनले पार्टी एकताको विषय टुंगोमा पुगिनसकेको स्पष्ट पारे ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ६ : २३ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल