२ पुस २०८२, बुधबार | December 17, 2025

नेपालगञ्जका ठेला व्यवसायीलाई नम्बर प्लेट



नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले यहाँका ठेला व्यवसायीलाई परिचयपत्रसँगै क्युआर कोडसहितको नम्बर प्लेट प्रदान गरेको छ ।

ठेलालाई व्यवस्थापन गर्न परिचयपत्र र नम्बर प्लेट प्रदान गरिएको नगर प्रमुख प्रशान्त विष्टले बताए । जथाभावी ठेला राख्ने प्रवृत्तिको अन्त्य गर्न नम्बर प्लेट र परिचयपत्र उपलब्ध गराएर व्यवस्थित बनाइएको उनको भनाइ छ । यसबाट नगरको सौन्दर्य बढाउन पनि सहयोग गर्ने विश्वास लिइएको छ । परिचयपत्र र नम्बर प्लेट प्रदान गर्दै उनले भने, “अनाधिकृत रुपमा ठेला राख्ने कार्य अब बन्द हुन्छ ।”

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक तिलक सुनारले मुख्य चोकका भित्री गल्लीमा व्यवस्थित गरिकाले ठेला राख्न पाउने गरी व्यवस्थापन गरिएको बताए । वडा नम्बर १२ का वडाध्यक्ष तरुणकुमार बज्राचार्यले नर्सिङ होम क्षेत्रका ठेलालाई भेरी प्राविधिक शिक्षालय जाने बाटोमा निर्मित सटरमा व्यवस्थापन गरिने बताए ।

नेपालगञ्ज उपमहानगरपालिकाले गरेको आह्वान बमोजिम हालसम्म एक सय नौ ठेला दर्ता भएका छन् । ती ठेलालाई परिचयपत्र र नम्बरप्लेट प्रदान गरिएको छ । आज मात्रै ४३ ठेला व्यवसायीले परिचयपत्र र नम्बर प्लेट लिएर आ-आफ्नो तोकिएको क्षेत्रमा गएका छन् । नेपालगञ्ज क्षेत्रमा नेपाली व्यवसायीले मात्रै सञ्चालन गरेका ठेलाको सङ्ख्या १५० को हाराहारी छ । ठेला दर्ता गर्न नेपाली नागरिकता अनिवार्य गरिएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ७ : ३३ बजे

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल

प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेस सभापति देउवा डडेलधुराबाट सिफारिस

सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आसन्न

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा तोकियो मतदान स्थल र केन्द्र

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि सात वटै

एमाले ११ औ महाधिवेशन : ८ बजे सकिँदै मतदान स्थल प्रवेशको समय

काठमाडौं । मतदानमा ढिलाई हुँदै गएका कारण नेकपा एमालेको ११