२२ भदौ २०८३, सोमबार | September 7, 2026

बुटवलमा ‘बिग मास्टर’को रिटेल-होलसेल अन्तरक्रिया, ३३० एमएल बोटल सार्वजनिक



बुटवल । स्वदेशमै उत्पादन हुँदै आएको रोयल काठमाडौं बेभरेज प्रालिको ‘बिग मास्टर’ वाइनले बुटवलमा रिटेल तथा होलसेल भेटघाट एवं अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

कम्पनीका क्षेत्रीय वितरक भगवती ट्रेनिङ हाउसको आयोजनामा आइतबार सम्पन्न कार्यक्रमको उद्घाटन बुटवल उद्योग संघ, रुपन्देहीका अध्यक्ष हरि प्रसाद अर्यालले गरे । उद्घाटन मन्तव्यका क्रममा उनले स्वदेशी उत्पादनले छोटो समयमै बजारमा सशक्त उपस्थिति जनाएको उल्लेख गर्दै विदेशी वाइनको बजारलाई प्रतिस्थापन गर्ने गरी नेपाली स्वाद पारखीको मन जित्नु सकारात्मक उपलब्धि भएको बताए । उनले कम्पनीलाई सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत सक्रिय हुन सुझाव दिए ।

कार्यक्रममा रुपन्देही होटल तथा रेस्टुरेन्ट संघका अध्यक्ष माधव कुमार खनालले ‘बिग मास्टर’ले बजारमा राम्रो पहिचान बनाएको उल्लेख गर्दै आगामी दिनमा पनि निरन्तर साथ रहने प्रतिबद्धता जनाए ।

कम्पनीका म्यानेजिङ डाइरेक्टर जिसुन चापागाईंले ‘बिग मास्टर’ वाइन विगत १४ वर्षदेखि अन्तर्राष्ट्रिय गुणस्तरमा नेपालमै उत्पादन हुँदै आएको जानकारी दिए । हाल यो उत्पादन आन्तरिक बजारसँगै अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात भइरहेको उनले बताए। स्वदेशी बजारमा नम्बर-एक वाइनको रूपमा स्थापित गर्न चुनौतीहरू पार गर्दै अघि बढेको उनले उल्लेख गरे ।

उनका अनुसार अफ्रिकामा गरिएको अध्ययन तथा अनुसन्धानका आधारमा ‘सिराज’ र ‘सेरिन्ज’ ब्रान्ड नेपाली बजारमा भित्र्याइएको हो । यद्यपि स्वदेशी वाइन उत्पादनमा अझै पनि नीतिगत जटिलता रहेको उनले गुनासो गरे । हालसम्म ७५० एमएलको बोतलमा उपलब्ध वाइन अब ३३० एमएलको बोतलमा पनि उत्पादन सुरु गरिएको उनले जानकारी दिए । साना साइजका उत्पादन बजारमा ल्याउँदा सरकारी अनुमति प्रक्रियामा केही नीतिगत कठिनाइ सामना गर्नुपरेको उनले बताए ।

क्षेत्रीय वितरक भगवती ट्रेनिङ हाउसका सञ्चालक मुक्ति प्रसाद श्रेष्ठले बजारमा वाइनको करिब ८० प्रतिशत माग ‘बिग मास्टर’ले धानेको दाबी गरे । समयानुकूल नयाँ स्वाद र परिकारमार्फत वाइन संस्कृतिलाई विस्तार गर्ने प्रयास भइरहेको उनले बताए । बजारबाट प्राप्त सुझाव तथा गुनासो संकलन गर्न कार्यक्रम आयोजना गरिएको जनाउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए ।

कार्यक्रमका क्रममा आयोजित गोलाप्रथामा भैरहवास्थित न्यू लुम्बिनी कोल्ड स्टोरले प्रथम तथा तृतीय पुरस्कारस्वरूप २१० लिटरको फ्रिज र कुलर प्राप्त गरेको कम्पनीका नेशनल म्यानेजर हरि बास्तोलाले जानकारी दिए । त्यसैगरी, बुटवलका बीपी सप्लायर्सका विष्णु प्रसाद पाण्डे दोस्रो हुँदै माइक्रो ओभनबाट पुरस्कृत भए ।

कार्यक्रममा रुपन्देही, पाल्पा र नवलपरासीलगायत जिल्लाका करिब २०० भन्दा बढी रिटेल तथा होलसेल व्यवसायीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  १० : २७ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा