४ पुस २०८२, शुक्रबार | December 19, 2025

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल राष्ट्रियसभामा सकियो



काठमाडौं । राष्ट्रिय सभामा आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) बारेको छलफल सकिएको छ ।

गत आइतबार बसेको बैठकमा अर्थमन्त्री डा। प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक)मा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।

उक्त प्रस्तावमाथि अन्तिम दिन मंगलबारसम्म राष्ट्रिय सभामा छलफल भएको छ । छलफलका क्रममा उठेका प्रश्न र जिज्ञासाबारे अर्थमन्त्री डा। महतले जवाफ दिएका छन् ।

छलफलमा व्यक्त विचार र सुझावलाई एकीकृत गरी संघीय संसद सचिवालयमार्फत् अर्थमन्त्रालयमा पठाइने सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार राष्ट्रिय सभाको अर्को बैठक आगामी ३ जेठ बुधबार साँझ ६ः३१ बजे बस्नेछ ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  १ : ४७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको