४ पुस २०८२, शुक्रबार | December 19, 2025

बुटवल-नारायणगढ सडक यथाशीघ्र निर्माण सम्पन्न गराउन सांसद घिमिरेको माग



काठमाडौं । प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले बुटवल-नारायणगढ सडक यथाशीघ्र निर्माण सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएका छन ।

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद घिमिरेले समयमैं निर्माण सम्पन्न नहुँदा धुलोले स्थानीय बासिन्दा र यात्रुहरुको स्वास्थ्यमा गम्भीर असर परेको उल्लेख गरे ।

सडक निर्माणमा ढिलाइ हुँदा यात्रुहरू अत्यन्त कष्ठकर यात्रा गर्न बाध्य भएको बताउँदै सांसद घिमिरेले सडकको हैसियत बिग्रिँदा ३ घण्टामा सकिने सडक यात्राको लागि अहिले ७ घण्टासम्म लाग्ने गरेको बताए । बिग्रिएको सडक भएकोले सवारीसाधनले पेट्रोलियम पदार्थ बढी खपत गर्दा र बिग्रिँदा प्रत्यक्ष/अप्रत्यक्ष रुपमा करोडौं रकम विदेशिएको सांसद घिमिरेको भनाइ छ ।

पूर्वपश्चिम राजमार्गको सबैभन्दा व्यस्त बुटवल-नारायणगढ सडक खण्डमा दैनिक साना-ठूला ५० हजारभन्दा बढी सवारीसाधन गुड्छन् ।

गत साउन महिनाभित्र निर्माण सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले २०७५ माघ २४ गते यो सडक विस्तारको ठेक्का सम्झौता गरेको थियो । तर, सम्झौताको चार वर्ष बितिसक्दा ११४ किलोमिटरको यो सडकको ३० प्रतिशत काम मात्र पूरा भएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ७ : ५५ बजे

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी