१२ भदौ २०८३, शुक्रबार | August 29, 2026

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने



काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ । महाधिवेशन सम्पन्न भएपछि पहिलो पटक बस्न लागेको केन्द्रीय कमिटी बैठक शुक्रबार दिउँसो १ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा आयोजना हुने भएको छ ।

भक्तपुरमा मंसिर २७ गते उद्घाटन भई सुरु भएको एमालेको ११औँ महाधिवेशन पुस ३ गते बिहीबार नयाँ नेतृत्व चयन गर्दै औपचारिक रूपमा सम्पन्न भएको थियो । महाधिवेशनले केपी शर्मा ओलीको अध्यक्षतामा ३०१ सदस्यीय नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।

आजको बैठकमा पार्टीको आगामी राजनीतिक तथा संगठनात्मक कार्यदिशाबारे छलफल हुने जनाइएको छ । साथै पोलिटब्यूरो र स्थायी कमिटी गठन, जिम्मेवारी बाँडफाँट तथा पार्टी सञ्चालनका प्राथमिक एजेन्डामाथि गम्भीर विमर्श हुने अपेक्षा गरिएको छ ।

महाधिवेशनपछिको पहिलो केन्द्रीय कमिटी बैठक भएकाले यसले एमालेको भावी रणनीति, संगठन सुदृढीकरण र राजनीतिक गतिविधिको दिशा निर्धारण गर्ने महत्वपूर्ण निर्णयहरू लिने विश्वास गरिएको छ ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ८ : ४६ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित