३ भदौ २०८३, बुधबार | August 20, 2026

मूल्यवृद्धिले सीमा नाघ्यो, शोधनान्तर स्थिति बचतमा



काठमाडौं । चालु आर्थिक वर्षको चैतसम्ममा शोधनान्तर स्थिति एक ८० अर्ब १७ करोडले बचतमा रहेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस अवधिमा विदेशी विनिमय सञ्चिति रू १४ खर्ब ३३ अर्ब ७३ करोड र अमेरिकी डलरमा १० अर्ब ९४ करोड पुगेको छ ।

चालु आर्थिक वर्षको सुरुवाती नौ महिनाको आयातलाई आधार मान्दा हालको विदेशी विनिमय सञ्चितिले ११ महिनाको वस्तु आयात र नौ दशमलव ४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार गत चैत मसान्तसम्म मूल्यवृद्धि सरकारले राखेको वाञ्छित सीमाभन्दा शून्य दशमलव ७६ प्रतिशत बिन्दुले बढी देखिएको छ ।

चालु आवका लागि सरकारले मूल्यवृद्धि सात प्रतिशतको सीमाभित्र राख्ने जनाएको थियो । तर चैत मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति सात दशमलव ७६ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा सङ्घीय सरकारको खर्च रू खर्ब ४३ अर्ब पाँच करोड र राजस्व परिचालन रू छ खर्ब ८३ अर्ब ८१ करोड छ । यो अवधिसम्ममा विस्तृत मुद्राप्रदाय छ दशमलव छ प्रतिशतले बढेको छ ।

चैत मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन सात प्रतिशतले कर्जा प्रवाह तीन दशमलव पाँच प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर तीन दशमलव दुई प्रतिशत बराबर हो ।

नौ महिनामा विप्रेषण आप्रवाह २४ दशमलव दुई प्रतिशतले बढेको छ । त्यस्तै, आयात १८ दशमलव एक प्रतिशतले तथा निर्यात २६ दशमलव तीन प्रतिशतले घट्दा कुल वस्तु व्यापार घाटा १७ दशमलव १ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  १ : ५० बजे

फोटो प्रदर्शनीले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपाल र चाइना

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरू

काठमाडौँ । सरकारले सङ्घीय अनुदानअन्तर्गत कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीको

सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्री कार्यालयको परिपत्र

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायहरूलाई स्वदेशी

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने