४ पुस २०८२, शुक्रबार | December 19, 2025

बागलुङको दमेकमा तामाखानीको प्रारम्भिक अध्ययन सुरु



बागलुङ । बागलुङको जैमिनी नगरपालिका–३ दमेकको कालापातलमा तामा उत्खननका लागि प्रारम्भिक अध्ययन सुरु गरिएको छ । खानी विभागको अनुमतिमा मोहङ मिनीरल्स र शुभम् ग्रुपले तामा उत्खननका लागि प्रारम्भिक अध्ययन थालेका हुन् ।

यहाँ यसअघि तामाको उत्खनन हुने गरेका तथ्यका आधारमा प्रारम्भिक अध्ययन सुरु गरिएको वडाध्यक्ष कृष्ण भुजेलले बताए । तामाको सम्भाव्यताबारे खानी विभाग र अनुमतिप्राप्त कम्पनीलाई जानकारी गराइएको थियो । खानीको अध्ययन गरिरहेका दुवै कम्पनीका इञ्जीनियरको समूहले काम थालेको हो ।

“यो प्रारम्भिक अध्ययन हो, यहाँ तामा रहे÷नरहेको विषयमा खोजी गर्छौँ”, शुभम् ग्रुपका निर्देशक अशोक विकले भने, “प्रारम्भिक अध्ययनको प्रतिवेदनपछि अन्य प्रक्रिया थाल्छौँ ।” प्रारम्भिक अध्ययनका लागि झण्डै छ महिना लाग्ने उनले बताए ।

बागलुङकै तित्याङमा तीन वर्षअघि प्रारम्भिक अध्ययन थालेको शुभम् ग्रुपले कोरोना महामारीमा चीनबाट आएको प्राविधिक टोली फर्किएपछि अध्ययन रोकेको थियो । तित्याङमा अध्ययन सकिएकाले दोस्रो चरणको खानी अध्ययन र वातावरणीय परीक्षणको काम सुरु हुने विकले बताए । ग्रुपले म्याग्दीको ओखरबोटमा पनि तामाखानीको अध्ययन गरिरहेको छ । रासस

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  १० : ५३ बजे

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता