गौर । रौतहटमा छुरा प्रहारबाट एक जनाको ज्यान गएको छ । गौर नगरपालिका-७ सिसवा गाउँमा गएराति छुरा प्रहारमा परी ५० वर्षीय यार महमद खानको ज्यान गएको हो ।
उनी गत निर्वाचनमा नेकपा एमालेकातर्फवाट वडा अध्यक्षका उम्मेदवार रहेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार छिमेकी शेख साविरसँग खानसँग भएको झगडामा उनी माथी छुरा प्रहार भएको थियो । छात्तिमा छुरा प्रहार भए पछि घाइते भएका खानलाई राति नै उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो ।
तर, उपचारको क्रममा उनलाई चिकित्सकको टोलीले मृत घोषणा गरेका थिए । छुरा प्रहारमा संलग्न छिमेकी साविर खान भने फरार भएका छन् । उनको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।



















प्रतिक्रिया