२४ माघ २०८२, शनिबार | February 7, 2026

नक्कली भुटानी शरणार्थी प्रकरणमा आईजीपीको संलग्नताको समाचार प्रति नेपाल प्रहरी पूर्ण असहमत



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीका महानिरीक्षकको संग्लनताको आरोपको नेपाल प्रहरीले खण्डन गरेको छ । नक्कली शरणार्थी प्रकरणसँग जोडेर प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरको भूमिकाबारे प्रमाणबिना प्रश्न उठाइएको भन्दै प्रहरी प्रधान कार्यालयले खण्डन गरेको हो ।

आज एक विज्ञप्ति प्रकाशन गर्दै प्रहरीले कुनै आधार, तथ्य र प्रमाणबिना अपराध अनुसन्धानजस्तो संवेदनशील विषयमा सम्प्रेषण गरिएका समाचारले जनतामा भ्रम सिर्जना हुन सक्ने जनाएको छ । भ्रमाक समाचारले प्रहरी संगठनकै विश्वसनीयता, छवि तथा चेन अफ कमान्डमा समेत आँच आउने भएकाले आईजीपीलाई जोडेर आएका समाचारमा नेपाल प्रहरी प्रधान कार्यालयको पूर्ण असहमति रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

ूकुनै दुई व्यक्तिले गरेको संवादके आधारमा शरणार्थी प्रकरणका आरोपीतबाट प्रहरी प्रमुख स्वयंले नै आर्थिक फाइदा लिएको भन्ने अतिशयोक्ति तथ्य स्थापित गर्न खोजी प्रहरी महानिरीक्षकलाई विवादमा तानिनु अत्यन्त निन्दनीय छ,ू विज्ञप्तिमा लेखिएको छ ।

नक्कली शरणार्थी प्रकरणमा केही सञ्चारमाध्यममा आईजीपी कुँवरको भूमिका शंकास्पद रहेको दाबीसहित समाचार आएका थिए ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  ६ : ३१ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचनः राष्ट्रिय पर्यवेक्षक संस्थाहरुका लागि अभिमुखीकरण

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय पर्यवेक्षक संस्थाहरुका लागि अभिमुखीकरण कार्यक्रम

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक आइतबार बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक आइतबार

युवा पुस्ताको भावनाअनुसार कांग्रेस क्रियाशील छ : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले युवा पुस्ताको भावनाअनुसार

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

नारायणगढ । भरतपुर महानगरपालिका–१६ छाहारी चोक नजिक मिनी ट्रक र

चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण गराउने आठ मोटरसाइकल नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्दै