४ पुस २०८२, शुक्रबार | December 19, 2025

नक्कली भुटानी शरणार्थी प्रकरणमा आईजीपीको संलग्नताको समाचार प्रति नेपाल प्रहरी पूर्ण असहमत



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीका महानिरीक्षकको संग्लनताको आरोपको नेपाल प्रहरीले खण्डन गरेको छ । नक्कली शरणार्थी प्रकरणसँग जोडेर प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरको भूमिकाबारे प्रमाणबिना प्रश्न उठाइएको भन्दै प्रहरी प्रधान कार्यालयले खण्डन गरेको हो ।

आज एक विज्ञप्ति प्रकाशन गर्दै प्रहरीले कुनै आधार, तथ्य र प्रमाणबिना अपराध अनुसन्धानजस्तो संवेदनशील विषयमा सम्प्रेषण गरिएका समाचारले जनतामा भ्रम सिर्जना हुन सक्ने जनाएको छ । भ्रमाक समाचारले प्रहरी संगठनकै विश्वसनीयता, छवि तथा चेन अफ कमान्डमा समेत आँच आउने भएकाले आईजीपीलाई जोडेर आएका समाचारमा नेपाल प्रहरी प्रधान कार्यालयको पूर्ण असहमति रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

ूकुनै दुई व्यक्तिले गरेको संवादके आधारमा शरणार्थी प्रकरणका आरोपीतबाट प्रहरी प्रमुख स्वयंले नै आर्थिक फाइदा लिएको भन्ने अतिशयोक्ति तथ्य स्थापित गर्न खोजी प्रहरी महानिरीक्षकलाई विवादमा तानिनु अत्यन्त निन्दनीय छ,ू विज्ञप्तिमा लेखिएको छ ।

नक्कली शरणार्थी प्रकरणमा केही सञ्चारमाध्यममा आईजीपी कुँवरको भूमिका शंकास्पद रहेको दाबीसहित समाचार आएका थिए ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  ६ : ३१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको