२२ भदौ २०८३, सोमबार | September 7, 2026

कार्यालयमा गैरहाजिर २७ प्रहरीलाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयको निर्देशन



काठमाडौं । कार्यालयमा आफूखुसी गैरहाजिर भएका २७ प्रहरीलाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । गैरहाजिरमध्ये प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी हबल्दार २ जना, सहायक हबल्दार ३ जना, प्रहरी जवान २० जना र कार्यालय सहयोगी १ जना रहेका छन् ।

उल्लेखित सूचीमा दुई जना बाहेक सबैजना ‘जेनजी आन्दोलन’ पछि नै कार्यालयसँग कुनै सम्पर्कमा नरहेको प्रष्ट भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । गैरहाजिर भएको मिति, नाम, ठेगाना लगायतका विवरणसहित सार्वजनिक सूचना जारी गर्दै कार्यालयले बाटोको म्याद बाहेक सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो ।

गैरहाजिर हुने कारण भने खुलेको छैन । हाजिर हुँदा आफ्नो अनुपस्थितिको कारण सहित सन्तोषजनक स्पष्टीकरण पेश गर्नुपर्ने कार्यालयले जनाएको छ ।

निर्देशन अवहेलना गरे कानुनी कारबाही गरिने चेतावनी प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचनामार्फत दिएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ८ : २१ बजे

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११

भरतपुर-काठमाडौं उडानमा यात्रुको उच्च चाप

चितवन । पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि