४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेपाली राजदूत शर्माले भेटे भारतीय विदेशमन्त्री जयशंकरलाई



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमण जाने तिब्र तयारी चलेकै बेला भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले दिल्लीमा कूटनीतिक भेटघाट थालेका छन् ।

यही १७ जेठबाट प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाने भनिएका बेला बिहीबार राजदूत शर्माले भारतीय विदेशमन्त्री डा एस एस जयशंकरसँग भेटवार्ता गरेका छन् ।

बिहीबार बिहान राजदूत शर्मा र आफूबीच भेटवार्ता भएको विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका छन् ।

भेटवार्ताको तस्बिरसहित उनले आफूहरुबीच दुई देशबीचको  गहिरो र बहुपक्षीय साझेदारीको बारेमा छलफल भएको र आगामी दिनमा यसलाई थप विस्तार गर्ने प्रतिबद्धता जनाइएको जानकारी दिएका छन् ।

१७ जेठबाट प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण गर्ने भनिए पनि यसको औपचारिक रुपमा मिति सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार  २ : ५५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको