११ असार २०८३, बिहिबार | June 25, 2026

नेपाली राजदूत शर्माले भेटे भारतीय विदेशमन्त्री जयशंकरलाई



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमण जाने तिब्र तयारी चलेकै बेला भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले दिल्लीमा कूटनीतिक भेटघाट थालेका छन् ।

यही १७ जेठबाट प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाने भनिएका बेला बिहीबार राजदूत शर्माले भारतीय विदेशमन्त्री डा एस एस जयशंकरसँग भेटवार्ता गरेका छन् ।

बिहीबार बिहान राजदूत शर्मा र आफूबीच भेटवार्ता भएको विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका छन् ।

भेटवार्ताको तस्बिरसहित उनले आफूहरुबीच दुई देशबीचको  गहिरो र बहुपक्षीय साझेदारीको बारेमा छलफल भएको र आगामी दिनमा यसलाई थप विस्तार गर्ने प्रतिबद्धता जनाइएको जानकारी दिएका छन् ।

१७ जेठबाट प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण गर्ने भनिए पनि यसको औपचारिक रुपमा मिति सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार  २ : ५५ बजे

रुसी राष्ट्रिय दिवसका अवसरमा आयोजित स्वागत समारोहमा उपराष्ट्रपति यादव सहभागी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव रुसको राष्ट्रिय दिवसका अवसरमा आयोजित

दक्षिण कोरियालाई १-० ले हराउँदै दक्षिण अफ्रिका विश्वकपको अन्तिम ३२ मा प्रवेश

काठमाडौं । दक्षिण कोरियामाथि १-० को रोमाञ्चक जित निकाल्दै दक्षिण

भेनेजुएलामा विनाशकारी भूकम्पपछि आपतकाल घोषणा

काठमाडौं । भेनेजुएलामा विनाशकारी भूकम्पपछि आपतकाल घोषणा गरिएको छ ।

जुम्लाको टम्टी आसपास ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं । जुम्लामा आज बिहान भूकम्प गएको छ । बिहान

रास्वपा प्रथम महाधिवेशन : पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी