४ पुस २०८२, शुक्रबार | December 19, 2025

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा



काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभावले हाल बदली र वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले सुदूरपश्चिम, गण्डकी र कोशी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।

काठमाडौं उपत्यकामा अपराह्नतिर हल्का वर्षाको सम्भावना छ । प्री-मनसुन जारी रहेको र स्थानीय वायुका साथै पश्चिम न्यून चापीय प्रणालीको प्रभावले वर्षा भइरहेको मौसमविद् लामिछाने बताउँछन् ।

आज विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य र अन्य भू-भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना छ । राति पनि सोही किसिमको मौसमी प्रणाली कायम रहनेछ । तराई क्षेत्रमा हुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार  २ : १९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको