७ श्रावण २०८३, बिहिबार | July 23, 2026

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित



काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका कारण हवाई सेवा प्रभावित भएको छ । विशेषगरी धनगढी, नेपालगञ्ज र भैरहवा क्षेत्रमा दृष्यता कमजोर हुँदा उडान सञ्चालनमा समस्या देखिएको हो । दृष्यताको हिसाबले सबैभन्दा बढी भैरहवा प्रभावित भएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विनु महर्जनका अनुसार आज बिहान ५:४५ बजेको तथ्यांकमा भैरहवाको भिजिबिलिटी १ सय मिटर मात्र मापन गरिएको छ । यस्तै कैलालीको धनगढी र धनुषाको जनकपुरमा ५ सय मिटर, मोरङको विराटनगरमा १ हजार मिटर, बाँकेको नेपालगञ्जमा १ हजार २ सय मिटर र काठमाडौंमा ६ हजार मिटर भिजिबिलिटी रहेको छ ।

मौसमविद् महर्जनका अनुसार दिउँसोतिर हुस्सु-कुहिरो क्रमशः घट्दै जाने सम्भावना छ । मौसमविद्हरूका अनुसार दृष्यता एक किलोमिटरभन्दा बढी भएमा हुस्सु र सोभन्दा कम भएमा कुहिरो भनिन्छ, जसअनुसार कुहिरो हुस्सुभन्दा बाक्लो हुने गर्दछ । हुस्सु-कुहिरोले घामका किरण छेक्ने र जमिन तात्न समय लाग्ने भएकाले जाडोको अनुभूति बढी हुने गर्दछ ।

आज बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ । धनगढीको तापक्रम भने हिजोको तुलनामा खासै घटबढ भएको छैन । धनगढीमा हिजो दिउँसो पौने तीन बजेसम्म पनि भिजिबिलिटी १ हजार ५ सय मिटर मात्र रहेको थियो । सोमबार बेलुकादेखि नै धनगढी क्षेत्रमा हुस्सु लागेपछि हवाई यात्रा प्रभावित भएको थियो ।

हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। यद्यपि आज राति र भोलि पश्चिम नेपालमा आंशिक बदली रहने सम्भावना रहेको छ । तर पानी पर्ने सम्भावना नरहेको मौसमविद् महर्जनले जानकारी दिइन् ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ८ : ३४ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क