२ पुस २०८२, बुधबार | December 18, 2025

गर्मी बढेसँगै बिरामी बढे, चितवनमा रगतको अभाव



चितवन । जिल्लामा गर्मी बढेसँगै बिरामीको सङ्ख्या बढ्दा रगतको अभाव भएको छ । रगत अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले अपिल प्रकाशित गरी रक्तदान गर्न आह्वान गरेको छ ।

शाखा सभापति हरिप्रसाद पौडेलद्वारा जारी अपिलमा भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल, चितवन मेडिकल कलेज शिक्षण अस्पताललगायत निजी र सामुदायिक अस्पतालमा उपचारार्थ आउने बिरामीको सङ्ख्या दिनहुँ बढ्दै गएको उल्लेख छ ।

अपिलमा भनिएको छ, “हाल गर्मी मौसमको कारणले रक्तदान कार्यक्रमको आयोजना कम हुने गरेको र रगतको मागमा अत्याधिक वृद्धि भई मागअनुसार रगत आपूर्ति गर्न कठिन भएको छ ।” रक्तदान गरेर जीवनदान दिन सम्पूर्ण रक्तदाता, रक्तदान गर्ने सङ्घसंस्था, रेडक्रसकर्मीहरूमा रक्तदान कार्यक्रमको आयोजना गरिदिन रेडक्रसले अपिल गरेको छ ।

कार्यक्रमबाहेक पनि व्यक्तिगतरूपमा रक्तदान गर्न इच्छुक रक्तदाताले प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरलगायत क्यान्सर अस्पताल युनिट, चितवन मेडिकल कलेज युनिट, बघौडा अस्पताल आकस्मिक रक्त सञ्चार एकाइमा गई रक्तदान गर्न सकिने रेडक्रसले जनाइएको छ ।

प्रादेशिक रक्त सञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले दैनिक एक सय ५० पोका हाराहारी रगतको माग हुने गरेको जानकारी दिए । उनका अनुसार दैनिक ४० पोका रगत रक्तदान कार्यक्रमहरूबाट सङ्कलन हुने र बिरामीका आफन्तबाट २० पोका हाराहारी सङ्कलन हुने गरेको छ । उनले ठूलो मात्रामा रगतको अभाव भएको बताए ।

हरेक वर्ष गर्मी मौसममा चितवनमा रगतको अभाव हुने गर्दछ । यहाँका अस्पतालमा देशैभरि र भारतीय सीमावर्ती क्षेत्रबाट उपचारका लागि बिरामी आउने गर्दछन् । पूर्व–पश्चिम राजमार्ग, नारायणगढ–मुग्लिन सडक, पृथ्वी राजमार्गलगायत भित्री सडकमा हुने दुर्घटनाका बिरामी अधिकांश यहीँको अस्पतालमा उपचार गराउँछन् ।

क्यान्सर, प्रसूति, दुर्घटना र शल्यक्रिया गर्नुपर्ने बिरामीलाई धेरै रगतको माग हुने गरेको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार  १० : २६ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल