८ पुस २०८२, मंगलबार | December 23, 2025

भारतीय संसदको भित्तेचित्रमा लुम्बिनी र कपिलवस्तु राखे पछि बाबुराम भट्टराईको आपत्ति



काठमाडौं । पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले भारतले आफनो नयाँ संसद भवनमा राखिएको भिते चित्रमा अंकित भौगलिक पहिचान प्रति चासो ब्यक्त गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै उदघाटन गरेको संसद भवनमा अंकित भित्तेचित्रमा नेपालको कपिलवस्तु र लुम्बिनीलाई पनि भारतीय भुमी झै दर्शाउने गरी अंकित गरे पछि भट्टराईले चासो व्यक्त गरेका हुन ।

उनले नेपाली भुमि लुम्बिनी र कपिलवस्तुलाई नै भारतीय भुमि झै उल्लेख गर्ने विषयले दुई देशका बिचमा आपसी कुटनीतिक सबन्धमा दरार आउनेसक्ने जनाएका छन् ।

‘भारतको भर्खरै उद्घाटन गरिएको नयाँ संसद भवनमा ‘अखंड भारत’ को विवादास्पद भित्ते चित्रले नेपाललगायत छिमेकीमा अनावश्यक र हानिकारक कूटनीतिक विवाद निम्त्याउन सक्छ, यसले भारतका निकटतम छिमेकीहरू बीचको द्विपक्षीय सम्बन्धलाई पहिले नै बिगार्ने विश्वासको घाटालाई अझ बढाउने सम्भावना छ,’ उनले भनेका छन, ‘भारतीय राजनीतिक नेतृत्वले यस भित्तिचित्रको वास्तविक अभिप्राय र प्रभावलाई समयमै खोलेर सञ्चार गर्नु बुद्धिमानी हुनेछ ।’

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार  ७ : ४८ बजे

सुनको मूल्यले तोड्यो नयाँ कीर्तिमान, एकैदिन प्रतितोला ५५ सयले वृद्धि

काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मूल्य मंगलबार फेरि नयाँ

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

दाङ । घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक

पाँच महिनामा वीरगन्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगन्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ ।

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

चन्द्रपुर । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर