५ पुस २०८२, शनिबार | December 20, 2025

सेभियाले उचाल्यो युरोपा लिगको उपाधी



काठमाडौं । स्पेनिस क्लब सेभियाले युरोपा लिगको उपाधी चुमेको छ । इटालियन क्लब रोमालाई टाइब्रेकरमा ४-१ ले पराजित गर्दै सेभियाले उपाधी जीत हासिल गरेको हो ।

बुधबार राति पुस्कास एरिना बुढापेस्ट, हंगेरीमा भएको खेलमा निर्धारित समयमा १-१ गोलको बराबरी रोकिए पछि ट्राइबेकरमा खेललाई लगिएको थियो ।

ट्राइबेकरमा बाजी मार्दै सेभियाले सातौं पटक युरोपा लिगको च्याम्पियन बन्न सफल भएको हो । यसअघि सन २००६, २००७, २०१४, २०१५, २०१६ र २०२० मा च्याम्पियन बनेको थियो ।

सो खेलको ३५ औं मिनेटमा पाउलो डिबालाको गोल गरे पछि रोमाले सुरुवाती अग्रता लिएको थियो । त्यसपछि कतैवाट गोल हुन नसके पछि पहिलो हाफमा खेल १-० अन्तरमा रहन पुग्यो ।

उता, दोस्रो हाफको ५५ औं मिनेटमा रोमाका जियानलुका मान्सिनीले आत्मघाती गोल गरेपछि खेल १-१ को अवस्थामा आयो । तर, इन्जुरी समयमा थप गरिएको समयमा दुवैपक्षवाट गोल हुन नसके पछि खेल ट्राइबेकरमा जान बाध्य भयो ।

निकै प्रतिस्पर्धात्मक रहेको खेल निर्धारित समयको खेल १-१ को गोलको बराबरीमा रोकिए पछि टाइब्रेकरमा पुगेको खेलमा सेभियाका लुकास ओकम्पास, एरिक लमेला, इभान राकिटिच र गोन्जालो मोन्टिएलसहित सबै खेलाडी गाेल गर्न सफल भए भने सो ट्राइबेकरमा रोमाका जियान लुका मान्सिनी र रोजर इवानेजले गोल गर्न चुके पछि सेभियालाई लिग च्याम्पियन बन्ने अवसर खुल्यो ।

यससँगै सेभिया युरोपा लिगमा सातौं पटक च्याम्पियन बनेको हो । सेभिया सातपटक फाइनल पुग्दा सबै सात संस्करणमा नै च्याम्पियन बन्न सफल भएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  ६ : ५३ बजे

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन