५ पुस २०८२, शनिबार | December 20, 2025

महिला टि-२० क्रिकेट : मलेसियाविरुद्ध नेपालको सहज जित, सिरिजमा २-१ को अग्रता



काठमाडौं । मलेसियाविरुद्धको महिला टी-२० सिरिजको तेस्रो खेलमा नेपाल २७ रनले विजयी भएको छ । यो जितपछि पाँच खेलको सिरिजमा नेपालले २-१ को अग्रता लिएको छ ।

नेपालले दोस्रो खेल ७ विकेटले जितेको थियो । पहिलो खेलमा भने नेपाल ५ विकेटले पराजित भयो । श्रृंखलामा विजयी सुरुवात गरे पनि मलेसियाले लगातार दुई खेलमा हार बेहोर्‍यो ।

तेस्रो खेलमा नेपालले दिएको १ सय ११ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ८३ रन मात्र बनाउन सक्यो । मलेसियाका लागि महिराह इजाती इस्माली ५४ बलमा ६ चौकासहित अविजित ४४ रन बनाइन् ।

यस्तै, विनीफ्रेड आनी दुराईसिंघमले २० रन जोडिन् । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । नेपालका लागि इन्दु बर्मा, सीता रानामगर र कविता कुँवरले १/१ विकेट लिए ।

नेपाललाई एक विकेट रनआउटको रूपमा प्राप्त भयो । त्यसअघि बांगीस्थित युएसडी युकेएम ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय १० रन बनायो ।

नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक २७ रन बनाइन् । १५ बल खेलेकी उनले ३ चौका र १ छक्का प्रहार गरिन् । यस्तै, ज्योति पाण्डेले २३, सीता राना मगरले २१ र इन्दु बर्माले २० रन बनाए ।

कविता कुँवर दुई रनमा आउट भइन् । विन्दु रावल तीन र कविता जोशी एक रनमा अविजित रहे । मलेसियाका लागि निक नूर अतिएलाले २ तथा आसया इलिसा र विनफ्रेड अन्नेले १/१ विकेट लिए ।

नेपाल र मलेसियाबीचको चौथो टी-२० शनिबार हुनेछ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  १२ : ३६ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र