२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

महिला टि-२० क्रिकेट : मलेसियाविरुद्ध नेपालको सहज जित, सिरिजमा २-१ को अग्रता



काठमाडौं । मलेसियाविरुद्धको महिला टी-२० सिरिजको तेस्रो खेलमा नेपाल २७ रनले विजयी भएको छ । यो जितपछि पाँच खेलको सिरिजमा नेपालले २-१ को अग्रता लिएको छ ।

नेपालले दोस्रो खेल ७ विकेटले जितेको थियो । पहिलो खेलमा भने नेपाल ५ विकेटले पराजित भयो । श्रृंखलामा विजयी सुरुवात गरे पनि मलेसियाले लगातार दुई खेलमा हार बेहोर्‍यो ।

तेस्रो खेलमा नेपालले दिएको १ सय ११ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ८३ रन मात्र बनाउन सक्यो । मलेसियाका लागि महिराह इजाती इस्माली ५४ बलमा ६ चौकासहित अविजित ४४ रन बनाइन् ।

यस्तै, विनीफ्रेड आनी दुराईसिंघमले २० रन जोडिन् । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । नेपालका लागि इन्दु बर्मा, सीता रानामगर र कविता कुँवरले १/१ विकेट लिए ।

नेपाललाई एक विकेट रनआउटको रूपमा प्राप्त भयो । त्यसअघि बांगीस्थित युएसडी युकेएम ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय १० रन बनायो ।

नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक २७ रन बनाइन् । १५ बल खेलेकी उनले ३ चौका र १ छक्का प्रहार गरिन् । यस्तै, ज्योति पाण्डेले २३, सीता राना मगरले २१ र इन्दु बर्माले २० रन बनाए ।

कविता कुँवर दुई रनमा आउट भइन् । विन्दु रावल तीन र कविता जोशी एक रनमा अविजित रहे । मलेसियाका लागि निक नूर अतिएलाले २ तथा आसया इलिसा र विनफ्रेड अन्नेले १/१ विकेट लिए ।

नेपाल र मलेसियाबीचको चौथो टी-२० शनिबार हुनेछ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  १२ : ३६ बजे

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौँ । साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य

सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो, मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब