२० मंसिर २०८२, शनिबार | December 7, 2025

भैरहवामा अघोषित निषेधाज्ञा !, गर्मी छल्न घर बाहिर निस्केकाहरु माथि प्रहरीको धरपकड



बुटवल । व्यवसायीहरुले २४ सै घण्टा ब्यापार व्यवसाय गर्न पाउने वातारवरण बनाउन सरकारसँग माग गरिरहेका बेला रुपन्देहीको भैरहवामा भने राती १० नबज्दै प्रहरीको डण्डा चल्ने गरेको छ । अत्याधिक गर्मीका कारण मध्यान्हमा बाहिर निस्कन नसक्ने स्थानीय रातको समयमा बाहिर निस्कँदा प्रहरीले धरपकड गर्ने र पक्राउ गर्ने गरेको स्थानीयले गुनासो गरेका छन् ।

केहिदिन पहिला १० बजे सम्म होटल संचालन गरेको भन्दै होटल व्यवसायीलाई नियन्त्रणमा लिएर हिरासत पु¥याएको रुपन्देही प्रहरीले शुक्रबार मध्यरातमा कफि पिउन अनुमति प्राप्त क्याफे जाँदै गरेका दुई युवालाई दुर्ब्यवहार गर्दै प्रहरी कार्यालय पु¥याएको छ । अत्याधि गर्मी भएपछि घर बाहिर निस्केका भैरहवाका स्थानीय संगम पन्थी र उनका साथी बुद्धचौक स्थित ब्ल्याक फरेष्ट क्याफेमा कफि पिउन जाँदै गर्दा प्रहरीले उनीहरुलाई दुर्ब्यवहार गर्दै पक्राउ गरेको उनीहरुले गुनासो गरेका छन् ।

घटना अनुसार राती अवेर सम्म काम गरेर अत्याधिक गर्मी भएपछि सडकमा निस्केका दुईजनाले कफिसप खुल्ला देखेपछि कोल्ड कफि पिउन उनीहरु त्यता जाँदै थिए । मध्यराती ड्युटीमा रहेको प्रहरीले उनीहरुलाई रोकेर सोधपुछ गरेको र उनीहरुले गर्मी भएर बाहिर निसकेको बताउँदा पनि प्रहरीले भ्यान बोलाएर कठालोमा समातेर भ्यानमा हालेर लगेको पीडित संगम पन्थीले बताएका छन् । उनले आफुहरुले मदिरा सेवन पनि नगरेको, हो हल्ला पनि नगरेको तर प्रहरीले राती हिँड्न पाईंदैन, क्याफे नेपालीलाई नभएर भारतीयलाई खुृलेको हो भन्दै पक्राउ गरेको पन्थीले बताए ।

भीम अस्पतालमा स्वास्थ्य जाँच गराई हिरासत कोठामा राख्ने बेलामा आफन्तबाट फोन आएपछि मात्र प्रहरीले छाडेको उनले बताए । ड्युटीमा रहेका प्रहरीले मदिरा सेवन गरेको दाबी गर्दै उनले बिना निषेधाज्ञा र कर्फ्यु हिँड्न पनि नदिएको बताए ।

अघिल्लो हप्ता मात्र २४ सै घण्टाको अनुमति लिएको भैरहवाको ब्ल्याक फरेष्ट क्याफेका प्रबन्धकलाई पनि वडा प्रहरीले नियन्त्रणमा लिएर प्रहरी कार्यालय पु¥याएको थियो । गर्मीका कारण साँझ परेपछि ग्राहकहरु निस्केने गरेको भैरहवा जस्तो स्थानमा १० नबज्दै प्रहरीको धरपकड सुरु हुने गरेको रुपन्देही होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारीले बताए । सुरक्षा गर्नु पर्ने सुरक्षाकर्मीहरु स्वयंबाट बन्द गर्न दवाव आउँदा कोभिड पछि उठ्न खोजेको व्यवसायमा असर परेको उनले बताए ।

राती गस्ती पेट्रोलिङमा हिँडेको प्रहरीले शंका लागेको अवस्थामा बाहेक कुनै रोकटोक नगरिएको रुपन्देही प्रहरी प्रमुख एसपी भरतबहादुर बिकले बताए । शंकास्पद देखिएका वा मदिरा सेवन गरेकाहरुलाई सोधपुछ गर्न नियन्त्रणमा लिने गरिएको बताउँदै अन्य अवस्थामा प्रहरीले निर्वाध हिँडदुल गर्न दिईरहेको उनले दाबी गरे ।

 

 

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार  १० : ३४ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल