२ असार २०८३, मंगलबार | June 16, 2026

बाँकेमा निर्वाचन आचारसंहिता उल्लङ्घनका १६ घटना



नेपालगन्ज । निर्वाचनको मिति नजिकिएसँग बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन आचारसंहिता उल्लङ्घनका १६ वटा घटना दर्ता भएका छन् । ती घटना गत साताका हुन् ।

निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनामा संलग्न उम्मेदवारलाई सचेत गराउँदै त्यस्ता गतिविधि पुनः नदोहो-याउन आग्रह गरिएको निर्वाचन आचारसंहिता कार्यान्वयन तथा अनुगमन अधिकृत पूर्णबहादुर खत्रीले बताए ।

निर्वाचन क्षेत्र नं १ मा विद्यालय परिसरमा कार्यक्रम आयोजना गरिएको, निर्वाचन क्षेत्र नं २ मा विभिन्न स्थानमा ग्राभेल गरिएको, भारतीय नम्बर प्लेटका सवारीसाधन प्रयोग गरिएको, मतदातालाई ‘लकेट’ वितरण गरिएको तथा झण्डासहित नारा लगाउँदै प्रचार गरिएकोलगायत उजुरी परेका थिए ।

यसैगरी, सामाजिक सञ्जालमार्फत उम्मेदवारविरुद्ध द्वेषपूर्ण अभिव्यक्ति दिइएको, उम्मेदवारले वृद्धाश्रममा भोजन गराएको, पालिकाका अध्यक्ष स्वयंले प्रचारप्रसार गरेको, गैरसरकारी संस्थामा आबद्ध पदाधिकारीले आफ्नो सामाजिक सञ्जालमार्फत पार्टीको प्रचार गरेको, सवारीसाधनमा झण्डा प्रयोग गरिएकोलगायत घटना दर्ता भएका छन् ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीसमेत रहेका अनुगमन अधिकृत खत्रीले कतिपय स्थानमा उम्मेदवारले स्वयं निर्वाचन आचारसंहिता उल्लङ्घन भएको स्वीकार गरेको उल्लेख गर्दै यस्ता घटना जानकारीमा आउनेबित्तिकै अनुगमन तथा आवश्यक प्रक्रिया अघि बढाइएको बताए ।

अनुगमन अधिकृत खत्रीले पछिल्ला केही दिनयता आचारसंहिता उल्लङ्घनका घटनामा कमी आउन थालेको जानकारी दिँदै कतिपय घटनामा निर्वाचन आयोगले स्पष्टीकरण सोधिसकेको बताए। केही उम्मेदवारसँग मौखिक स्पष्टीकरणसमेत सोधिएको र तत्काल त्यस्ता कार्य नदोहो¥याउन निर्देशन दिइएको उनले बताए ।

प्रकाशित मिति : २४ माघ २०८२, शनिबार  १ : ४१ बजे

बाँकेका स्थानीय तहमा विपद् कोष सञ्चालन

नेपालगन्ज । बाँकेका आठ वटा स्थानीय निकायले विपद् जोखिम न्यूनीकरणका

मुग्लिन-मलेखु सडकमा कालोपत्रको तयारी

चितवन । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ-मलेखु सडकखण्डमा कालोपत्रको तयारी गरिएको छ

राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज

सशस्त्रले रोकेको ‘बिवाइडी’ विद्युतीय सवारी साधन फुकुवा

मुस्ताङ । मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका बिवाइडी

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति संसदमा आज पनि विपक्षी दलको विरोध

काठमाडौं । प्रधानमन्त्रीले गत जेठ १७ गते प्रतिनिधिसभा बैठकमा दिएको