४ पुस २०८२, शुक्रबार | December 19, 2025

एमालेले संसद चल्न नदिने, बैठक स्थगन गर्न राप्रपाको प्रस्ताव



काठमाडौं । नेकपा एमालेले संसद बैठक चल्न नदिने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरणका लागि प्रक्रिया नपुर्याएको र प्रधाननमन्त्रीले भारतमा भूमि साट्ने प्रस्ताव गरेर राष्ट्रघाती काम गरेको भन्दै त्यसको विरोधमा संसद चल्न नदिने निर्णय गरेको हो ।

‘संसदलाई छलेर राष्ट्रपतिबाट गैरसंवैधानिक रुपमा नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रियाप्रति हाम्रो असहमति छ। हामी संसद चल्न दिदैनौं ।’ एमाले सचिव पदम गिरीले भने, प्रधानमन्त्रीले भारतमा गएर भूमि साट्ने कुरा गरेर राष्ट्रघाती कुरा गर्नुभएको छ । त्यसमा उहाँले माफी माग्नुपर्छ ।

अर्को प्रतिपक्षी दल राप्रपाले भने प्रतिनिधिसभा बैठकको नियमति कार्यक्रम स्थगन गर्न प्रस्ताव गरेको छ । तर, राप्रपाले नीति र नियमविपरीत नागरिकता विधेकय प्रमाणीकरण गरेकाले यस विषयमा छलफल नगरी नियमति रुपमा संसद बैठक अघि नबढ्ने भन्दै निर्धारित सबै कार्यक्रम स्थगित गर्न प्रस्ताव गरेको हो ।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ७४ बमोजिम संसद वैठकको कार्यक्रम स्थगत गर्न प्रस्ताव पेस गरेका छन् ।

आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक अझै सुरु भएको छैन ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  ११ : ५१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको