२ पुस २०८२, बुधबार | December 18, 2025

शान्तिका ‘साथी शिक्षक’ विद्यार्थी पुरस्कृत



बुटवल । रुपन्देहीको तिलोत्तमा–५ मणिग्रामस्थित शान्ति नमूना माध्यमिक विद्यालयमा साथी शिक्षकका रूपमा योगदान पु¥याउने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको छ ।

कक्षा ६ देखि ८ सम्म अध्ययनरत कमजोर सिकाइ भएका विद्यार्थीहरूलाई सोही कक्षामा अध्ययनरत विद्यार्थीहरूले साथी शिक्षकका रूपमा सिकाइमा सहयोग गरेर कक्षा उत्तीर्ण गराउन सफल भएका थिए । शैक्षिक सत्र २०७९ मा साथी शिक्षकको रूपमा योगदान दिने करिब एक सय ५० विद्यार्थीलाई प्रोत्साहनस्वरूप शैक्षिक सामग्रीसहित पुरस्कृत गरिएको हो ।

निम्न माध्यमिक तहका संयोजक मोहन पौड्यालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले साथी शिक्षक मार्फत सिकाइमा सहजीकरण गर्नका लागि कार्यक्रम सञ्चालन गरिएको र यसले सिकाइ प्रक्रियालाई सहज बनाएको बताए ।

पुरस्कार वितरण कार्यक्रमको सञ्चालन शिक्षक दिनेश खड्काले गरेका थिए भने विद्यार्थीहरूले आफ्नो विभिन्न कलासमेत प्रदर्शन गरेका थिए । शान्ति नमूनामा २०७६ सालदेखि निरन्तररूपमा साथी शिक्षक सहायता कार्यक्रम चलिरहेको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  १० : १५ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल