२१ माघ २०८२, बुधबार | February 4, 2026

शान्तिका ‘साथी शिक्षक’ विद्यार्थी पुरस्कृत



बुटवल । रुपन्देहीको तिलोत्तमा–५ मणिग्रामस्थित शान्ति नमूना माध्यमिक विद्यालयमा साथी शिक्षकका रूपमा योगदान पु¥याउने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको छ ।

कक्षा ६ देखि ८ सम्म अध्ययनरत कमजोर सिकाइ भएका विद्यार्थीहरूलाई सोही कक्षामा अध्ययनरत विद्यार्थीहरूले साथी शिक्षकका रूपमा सिकाइमा सहयोग गरेर कक्षा उत्तीर्ण गराउन सफल भएका थिए । शैक्षिक सत्र २०७९ मा साथी शिक्षकको रूपमा योगदान दिने करिब एक सय ५० विद्यार्थीलाई प्रोत्साहनस्वरूप शैक्षिक सामग्रीसहित पुरस्कृत गरिएको हो ।

निम्न माध्यमिक तहका संयोजक मोहन पौड्यालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले साथी शिक्षक मार्फत सिकाइमा सहजीकरण गर्नका लागि कार्यक्रम सञ्चालन गरिएको र यसले सिकाइ प्रक्रियालाई सहज बनाएको बताए ।

पुरस्कार वितरण कार्यक्रमको सञ्चालन शिक्षक दिनेश खड्काले गरेका थिए भने विद्यार्थीहरूले आफ्नो विभिन्न कलासमेत प्रदर्शन गरेका थिए । शान्ति नमूनामा २०७६ सालदेखि निरन्तररूपमा साथी शिक्षक सहायता कार्यक्रम चलिरहेको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  १० : १५ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको