१२ फाल्गुन २०८२, मंगलबार | February 24, 2026

टीकापुरका वासिन्दालाई बढी पीडा बाढीकै



भजनी । कैलालीको टीकापुर नगरपालिका-७ का रामनारायण चौधरी बाढीबाट जोगिन कृत्रिम अभ्यासमा व्यस्त थिए । वर्षायाम सुरु हुनै लाग्दा उनीलगायत समुदायका अधिकांश नागरिक बाढीबाट बच्ने उपायका बारेमा सिक्दै थिए ।

“बर्सेनि बाढीबाट बच्नका लागि पूर्वसावधानीका उपायका बारेमा जानकारी दिइँदै आएको छ । यसले हामीलाई बाढी आउँदा सुरक्षित स्थानमा स्थानान्तरण हुन र भएको धनमाल जोगाउन मद्दत पुगेको छ”, उनी भन्छन, “सिकाइ भएको कुरालाई स्थानीयले कार्यान्वयनमा नल्याउँदा भने कहिलेकाहीँ समस्या हुने पनि गरेको छ । समयमा विपद्को जानकारी हुँदा पनि हुने लापरबाहीले ठूलो क्षति बेहोरेको इतिहास हाम्रा अगाडि छ ।”

वडा नं ८ सोमती चौधरीलाई पनि बढी पीडा बाढीकै छ । उनीलाई बर्सेनि बाढीको समस्याका कारण वर्षायाम सुरु भएपछि चिन्ता बढ्दै जान्छ । “कर्णाली नदीको किनारमै घर छ । कतिबेला के हुन्छ ? थाहा छैन”, सोमती भन्छिन, “समयम तटबन्धको काम सम्पन्न भएको भए पनि यो चिन्ताबाट बच्न सकिन्थ्यो होला । बर्सेनि बाढीबाट बच्न कृत्रिम अभ्यास गरिरहनुपर्ने थिएन होला ।”

बाढी प्रभावित क्षेत्रमा लामो समयदेखि प्रक्टिकल एक्सन नेपाल र सामाजिक विकास तथा अनुसन्धान केन्द्र बाँकेको साझेदारीमा नेपाल बाढी उत्थानशील परियोजना सञ्चालन हुँदै आएको छ । बाढी प्रभावित क्षेत्रका नागरिकलाई जोखिम बचाउनका लागि र त्यस क्षेत्रका नागरिकको जीविकोपार्जनका क्षेत्रमा काम गर्दै आएको छ । कैलालीका दुई पालिका र बर्दियाको तीन पालिकामा परियोजनाले काम गर्दै आएको कार्यक्रम संयोजक सुरेन्द्र ठगुन्नाले बताएका छन ।

उनका अनुसार कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा काम गर्दै आएको छ । त्यस्तै बर्दियाको राजापुर र मधुवन नगरपालिका साथै गेरुवा गाउँपालिकामा काम गरिरहेको छ ।

प्रक्टिकल एक्सन नेपालका कार्यक्रम व्यवस्थापन विक्रम रानाले कुनै पनि जोखिमलाई पूर्णतया निर्मूल गर्न नसकिने जनाउँदै त्यसलाई केही हदसम्म व्यवस्थापन गर्न सकिने भएकाले त्यसमा व्यवस्थापनको काम परियोजनाले गर्दै आएको बताए । उनले विपद्को जोखिममा रहेका नागरिकलाई स्थानीय सरकारको समन्वयमा काम गर्दै आएको बताउँदै नागरिकलाई सुसूचित गर्ने महत्वपूर्ण भूमिका खेलेको बताएका छन ।

टीकापुर नगरपालिका नगरप्रमुख रामलाल डँगौरा थारुले प्राकृतिक प्रकोप कोही कसैलाई नभनी आउने भएकाले त्यसको समाधान गर्नाका लागि सम्पूर्ण समुदायका पूर्वतयारी अवस्थामा रहन आग्रह गरेका छन । उनले घटना अभ्यास एउटा अभ्यास मात्र नभई प्रकोपका बेला आइपर्ने घटना भएको जनाउँदै त्यसलाई त्यसैअनुसार अनुसरण गरेर कार्यान्वयनका लागि तयारी अवस्थामा बस्न भने । “प्रकोपसँग लड्नसक्ने क्षमता कसैसँग छैन”, नगर प्रमुख थारुले भने, “त्यसको समाधान गर्न सकिने भएका कारण समाधानको बाटोतिर जानुपर्छ ।”

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  ८ : २३ बजे

बाँकेमा ३३ जना उम्मेदवारले मात्रै खोले बैङ्क खाता, १५ जनाले गरे बेवास्ता

नेपालगन्ज । निर्वाचन खर्च प्रयोजनका लागि बाँकेमा ३३ जना उम्मेदवारले

लुम्बिनी प्रदेशमा मानवअधिकार उल्लंघनमा रुपन्देही पहिलो स्थानमा

नेपालगन्ज । राज्यपक्षबाटै मानवअधिकारको रक्षामा उदासिनता देखाएको सरोकारवालाहरुले बताएका छन्

डिजिटल प्रविधिको दुरुपयोग रोक्न प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना

काठमाडौँ । डिजिटल प्रविधिको दुरुपयोगबाट सिर्जित चुनौतीलाई सामना गर्न नेपाल

स्वास्थ्यकर्मीलाई निर्वाचनमा नखटाउन आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २१ मा

पश्चिम नवलपरासीमा रास्वपा त्याग्ने क्रम बढ्दो, सुस्ता गाउँपालिकाका सचिव पन्थले पनि छाडे

रुपन्देही । पश्चिम नवलपरासीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने