९ पुस २०८२, बुधबार | December 24, 2025

टीकापुरका वासिन्दालाई बढी पीडा बाढीकै



भजनी । कैलालीको टीकापुर नगरपालिका-७ का रामनारायण चौधरी बाढीबाट जोगिन कृत्रिम अभ्यासमा व्यस्त थिए । वर्षायाम सुरु हुनै लाग्दा उनीलगायत समुदायका अधिकांश नागरिक बाढीबाट बच्ने उपायका बारेमा सिक्दै थिए ।

“बर्सेनि बाढीबाट बच्नका लागि पूर्वसावधानीका उपायका बारेमा जानकारी दिइँदै आएको छ । यसले हामीलाई बाढी आउँदा सुरक्षित स्थानमा स्थानान्तरण हुन र भएको धनमाल जोगाउन मद्दत पुगेको छ”, उनी भन्छन, “सिकाइ भएको कुरालाई स्थानीयले कार्यान्वयनमा नल्याउँदा भने कहिलेकाहीँ समस्या हुने पनि गरेको छ । समयमा विपद्को जानकारी हुँदा पनि हुने लापरबाहीले ठूलो क्षति बेहोरेको इतिहास हाम्रा अगाडि छ ।”

वडा नं ८ सोमती चौधरीलाई पनि बढी पीडा बाढीकै छ । उनीलाई बर्सेनि बाढीको समस्याका कारण वर्षायाम सुरु भएपछि चिन्ता बढ्दै जान्छ । “कर्णाली नदीको किनारमै घर छ । कतिबेला के हुन्छ ? थाहा छैन”, सोमती भन्छिन, “समयम तटबन्धको काम सम्पन्न भएको भए पनि यो चिन्ताबाट बच्न सकिन्थ्यो होला । बर्सेनि बाढीबाट बच्न कृत्रिम अभ्यास गरिरहनुपर्ने थिएन होला ।”

बाढी प्रभावित क्षेत्रमा लामो समयदेखि प्रक्टिकल एक्सन नेपाल र सामाजिक विकास तथा अनुसन्धान केन्द्र बाँकेको साझेदारीमा नेपाल बाढी उत्थानशील परियोजना सञ्चालन हुँदै आएको छ । बाढी प्रभावित क्षेत्रका नागरिकलाई जोखिम बचाउनका लागि र त्यस क्षेत्रका नागरिकको जीविकोपार्जनका क्षेत्रमा काम गर्दै आएको छ । कैलालीका दुई पालिका र बर्दियाको तीन पालिकामा परियोजनाले काम गर्दै आएको कार्यक्रम संयोजक सुरेन्द्र ठगुन्नाले बताएका छन ।

उनका अनुसार कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा काम गर्दै आएको छ । त्यस्तै बर्दियाको राजापुर र मधुवन नगरपालिका साथै गेरुवा गाउँपालिकामा काम गरिरहेको छ ।

प्रक्टिकल एक्सन नेपालका कार्यक्रम व्यवस्थापन विक्रम रानाले कुनै पनि जोखिमलाई पूर्णतया निर्मूल गर्न नसकिने जनाउँदै त्यसलाई केही हदसम्म व्यवस्थापन गर्न सकिने भएकाले त्यसमा व्यवस्थापनको काम परियोजनाले गर्दै आएको बताए । उनले विपद्को जोखिममा रहेका नागरिकलाई स्थानीय सरकारको समन्वयमा काम गर्दै आएको बताउँदै नागरिकलाई सुसूचित गर्ने महत्वपूर्ण भूमिका खेलेको बताएका छन ।

टीकापुर नगरपालिका नगरप्रमुख रामलाल डँगौरा थारुले प्राकृतिक प्रकोप कोही कसैलाई नभनी आउने भएकाले त्यसको समाधान गर्नाका लागि सम्पूर्ण समुदायका पूर्वतयारी अवस्थामा रहन आग्रह गरेका छन । उनले घटना अभ्यास एउटा अभ्यास मात्र नभई प्रकोपका बेला आइपर्ने घटना भएको जनाउँदै त्यसलाई त्यसैअनुसार अनुसरण गरेर कार्यान्वयनका लागि तयारी अवस्थामा बस्न भने । “प्रकोपसँग लड्नसक्ने क्षमता कसैसँग छैन”, नगर प्रमुख थारुले भने, “त्यसको समाधान गर्न सकिने भएका कारण समाधानको बाटोतिर जानुपर्छ ।”

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  ८ : २३ बजे

सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो : गृहमन्त्री अर्याल

कर्णाली । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य कार्यभार आगामी

राष्ट्रियसभा निर्वाचन : निर्वाचन अधिकृत नियुक्त

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार

घाइते खनालपत्नीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड र नेपाल खनाल निवासमा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड तथा

तराईमा बिहानैदेखि शीतलहर, चिसोबाट जनजीवन प्रभावित

काठमाडौं । आज (बुधबार) तराईका अधिकांश स्थानमा बिहानै देखिकुहिरो (हुस्सु)