११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

रास्वपा जापानको तोहोकु सेन्दाईमा प्रकाश खतिवडाको सभापतित्वमा क्षेत्रीय समिति गठन



सेन्डेई जापान । जापानको तोहोकु सेन्दाईमा रहँदै आएका नेपालीहरूको सम्पन्न एक भेलाले राट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास नेपाली सम्पर्क विभाग जापानको तोहोकु सेन्दाई क्षेत्रीय समितिको गठन गरेको छ । प्रकाश खतिवडाको सभापतित्वमा गठन गरिएको सो समितिको उप सभापतिमा सागर पोख्रेल, महामन्त्रीमा राजेश खनाल, सह महामन्त्रीमा विशाल खनाल, कोषाध्यक्षमा गंगादत्त जोशी र सह कोषाध्यक्षमा पुष्पा बोहोरा चयन भएका छन् ।

समितिको सदस्यहरूमा टुकाराम लामिछाने, दीपेश कार्की, भावना भुर्तेल, सेरप शर्पा, विपिन निरौला, अनिल गौतम, सुरेन्द्रप्रसाद दास, सम्झना मजाकोटी, रमोद कार्की, दिनेश बोगटी, विकास श्रेष्ठ, जीतबहादुर सुब्बा र रुपेशकुमार मण्डल रहेका छन् । रास्वपा कान्तो क्षेत्रका कोषाध्यक्ष विशाल विकका अनुसार तोहोकु क्षेत्रका विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको सो भेला समीरजंग खड्काको अध्यक्षतामा सम्पन्न भएको हो ।

जापानमा रहेका नेपालीहरू रास्वपाप्रति आकर्षित भएको रास्वपा प्रवास नेपाली सम्पर्क विभाग जापानको सभापति दिलेन्द्रप्रसाद जोशीले बताए । ‘अहिले हामीलाई जापानमा रहुन् हुने विभिन्न पेशा र व्यवसायमा संलग्न नेपाली दाजुभाइ, दिदीबहिनीहरूले स्थानीय क्षेत्रहरूमा पनि समिति गठन र विस्तारको लागि आग्रह गरिरहनु भएको छ,’ उनले भने, ‘हामीलाई अहिले सोचिए भन्दा धेरै नै साथ अनि सहयोग मिलिरहेको छ र झनै ऊर्जाशीलपनि बनाएको छ ।’

विभागका महामन्त्री खेमराज पौडेल जुलाई र अगस्ट महिनाभित्रमा बाँकी रहेको सबै क्षेत्रहरूमा समिति विस्तारको योजना रहेको छ । जुलाई ८ मा नागोया, जुलाई २२ मा होक्काईदो, जुलाई २९ सिजुओका, अगस्ट ५ मा ओकिनवा, अगस्ट १२ मा फुकुओका र अगस्ट २६ मा हिरोसिमामा क्षेत्रीय समिति विस्तारको कार्यक्रम तय गरिएको उनको भनाई छ ।

रास्वपाले जापानमा रहेका सबै नेपालीसँग समदूरीमा रहेर काम गर्ने रास्वपा कान्तो क्षेत्रीय समितिका सभापति प्रेमप्रसाद कँडेलले बताए । ‘हामीले शुरूआति चरणमा जुन उद्देश्य र अपेक्षाका साथ जापानमा पनि रास्वपा विस्तारको अभियान चलाएका थियौँ, त्यो भन्दा बढी नै सफलता प्राप्त गरिरहेका छौँ,’ उनले भने, ‘जापानमा राजनीतिक, व्यावसायिक, सामाजिक अनि सांस्कृतिकरूपमा उच्च पहिचान र अग्रणी भूमिकामा रहुन् भएका व्यक्तित्वहरूसँगै रास्वपामा रहेर आगामी यात्रा गर्ने अवसर पाएका छौँ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  ४ : १९ बजे

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि

बुटवलमा जेठ १५ र १६ गते दोस्रो जिल्ला स्तरीय खुला पुरुष डोरी तान प्रतियोगिता हुने

बुटवल । नेपाल खेलकुद महासंघ रुपन्देहीको आयोजनामा आगामी जेठ १५

एसईईमा ‘फोर जीपीए’ ल्याउने ४७ विद्यार्थीलाई बुटवल उपमहानगरद्वारा सम्मान

बुटवल । बुटवल उपमहानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा