९ चैत्र २०८२, सोमबार | March 23, 2026

नेपाल प्रहरीका २७ डीएसपीको सरुवा, को कहाँ ? (विवरणसहित)



काठमाडौं । नेपाल प्रहरीका २७ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)को सरुवा भएको छ । प्रहरी महानिरीक्षक वसन्त कुँवरको निर्णयानुसार प्रहरी प्रधान कार्यालयले २७ जना डिएसपीको सरुवा भएको हो ।

प्रहरी प्रधान कार्यालयले जारी गरेको परिपत्र अनुसार काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गणमा कार्यरत डिएसपी तुलसीराम अर्याललाई इलाका प्रहरी कार्यालय, टीकापुर पठाइएको छ भने दोस्रो नम्बरमा रहेका इलाका प्रहरी कार्यालय, टीकापुरका डिएसपी उद्धवसिंह भाटलाई विशेष सुरक्षा गण, सुनवलमा सरुवा गरिएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, आन्तरिक टर्मिनल, भैरहवामा कार्यरत डिएसपी रविन्द्रमान गुरुङ्ग प्रहरी वृत्त, सिंहदरबार तानिएका छन् भने जिल्ला प्रहरी कार्यालय अछामबाट डीएसपी नारायण डाँगीलाई जिल्ला प्रहरी कार्यालय बाँके सरुवा गरिएको छ ।

त्यसैगरि कोशी प्रदेश प्रहरी कार्यालय, प्रहरी नायव महानिरीक्षकको सचिवालय, विराटनगरमा दरबन्दी रहेका डिएसपी सन्तोष तामाङलाई नेपाल प्रहरी सिंहदरबार सुरक्षा गण सरुवा गरिएको छ ।

प्रहरी प्रधान कार्यालयको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयको जिम्मेवारी सम्हालिरहेकी डिएसपी चिनीमाया तामाङ्गलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, अनुगमन तथा मूल्याङ्कन शाखा पठाइएको पुगेकी छन् ।

 

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  ६ : ०१ बजे

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा