१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

शिक्षाको लागि सहयोगार्थ तामाङ समाज यूएईको सांगीतिक कार्यक्रमको तयारी पूरा



युएई । वैदेशिक रोजगारीको क्रममा युएईमा रहेका तामाङहरुको छाता संगठन तामाङ समाज युएईको सांगीतिक कार्यक्रमको अन्तिम तयारी पूरा भएको छ ।

‘मेरो संस्कृति मेरो पहिचान, शिक्षाको लागि समाज’ भन्ने मुल नाराको साथ समाजले आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रम ‘म्युजिकल प्रोग्राम-१ २०२३’ को तयारी पूरा भएको हो ।

युएईको दुई शहरहरु रस अल खैमहको इन्डियन एसोसिएसनमा जुन २९ तारिख ,दिउँसो ०३:०० बजे र दुबईको एभरेस्ट क्लबमा जुलाई २ तारिख, दिउँसो १ बजे विजोड सांस्कृतिक कार्यक्रमको तयारी गरेका छन् ।

उक्त कार्यक्रमका लागि सांस्कृतिक प्रस्तुति दिन नेपालबाट चर्चित सेलो गायिका सुमिना लो, गायक प्रदिप लामा र मोडल तथा नायिका नम्रता सापकोटा युएई जाँदैछिन भने युएईमा रहेका स्थानीय कलाकारहरुले समेत आफ्नो प्रस्तुति दिने तामाङ समाज युएईका महासचिव नवीन दोङले जानकारी गराए ।

विशेषगरी शिक्षाको कारण तामाङ समुदाय सामाजिक, आर्थिक र राजनीतिक हिसाबले पछाडि परेको कुरालाई मध्यनजर गर्दै शिक्षाको क्षेत्रमा केही आर्थिक सहयोग गर्ने उदेश्यले उक्त म्युजिकल कार्यक्रम राखेको महासचिव दोङले बताए । उनले थप भने ‘हाम्रो उदेश्य नाचगान मात्रै हैन, शिक्षाको कारण पछाडि परेको तामाङ समुदायले उत्थानको लागि सानो प्रयास पनि हो ।

कोही तामाङको छोराछारी पैसाको कारण पढ्न नपाएको देख्न नपरोस्, त्यसका लागि हामीले आफ्नो ठाउबाट गरेको सानो कोशिश हो यो सांस्कृतिक कार्यक्रम ।’ तामाङ समाज युएईले लामो समयदेखि विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरी आर्थिक स्थिति नाजुक तामाङ समुदायका बालबालिकाहरुलाई छात्रवृत्ति तथा तामाङ समुदायको बहुलियता भएको विद्यालयलाई आर्थिक सहयोग गर्दै आइरहेका छन् भने युएईमा अलपत्र नेपालीहरुको समेत उद्धार गर्दै आइरहेका छन् ।

यसअघि तामाङ समाज युएईले “शिक्षाको लागि समाज कार्यक्रम” अन्तर्गत प्रदान गर्दै आएको रकम १११,१११ रुपैयाँलाई बढाएर १५५,५५५ रुपैयाँ दिने निर्णय गरिएको छ भने छात्रवृत्ति स्वरुप दिदै आएको १५,००० रुपैयाँ रकमलाई २०,००० रुपैयाँ दिने भएको छ । त्यसैगरी तामाङ समाजको उत्कृष्ट ब्यक्तित्वहरुलाई प्रोत्साहन स्वरूप प्रदान गरिने “Top Talent Encouragment Award”को रकम १५००० रुपैयाँलाई बढाएर २५,००० रुपैयाँ बनाउने निर्णय गरेका छन् ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ३ : ५९ बजे

खजुरा क्यान्सर अस्पतालका बिग्रेका उपकरणहरु राष्ट्रिय आविस्कार केन्द्रले मरमत गरिदिने

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल

शैक्षिक परामर्श व्यवसायीद्वारा काठमाडौंमा प्रदर्शन

काठमाडौं । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)ले शैक्षिक परामर्श, भाषा

मुख्य निकास साँघुरिँदा उपत्यकामा बढ्यो डुबानको सास्ती

काठमाडौं । अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको

आर्थिक वर्षको पहिलो दिन नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बुम

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन धितोपत्र बजारमा सेयर

पैचो पसल पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण, १२ वर्षको विश्वास अब नयाँ उचाइमा

काठमाडौं। नेपाली कृषि, ग्रामीण उद्यमशीलता र स्वदेशी उत्पादनको मूल्य अभिवृद्धिलाई