१८ माघ २०८२, आइतबार | February 2, 2026

बकर इद पर्वले राष्ट्रिय एकतालाई थप सबल बनाउने विश्वास लिएको छु – आयोग अध्यक्ष अन्सारी



काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले इद-उल-अजहा (बकर इद) पर्वले राष्ट्रिय एकता, अखण्डता, आपसी मित्रता र धार्मिक सहिष्णुतालाई थप सबल र सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन ।

सो पर्वका अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीको महान् चाड इद-उल-अजहा (बकर इद) का अवसरमा शुभकामना व्यक्त गर्दै उनले यो पर्वले विकासको मार्गमा अघि बढ्न र ‘समृद्ध नेपाल र सुखी नेपाली’को परिकल्पना साकार पार्ने प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेका छन । १४४४ जिल-हिज्जाको १० तारिखमा मुस्लिम समुदायले मनाउने इद-उल-अजहा (बकर इद) हर्षोल्लासमय वातावरणमा तीन दिनसम्म मनाइने ठूलो चाड हो ।

यस चाडका अवसरमा आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकआपसमा खुसी, सद्भाव तथा शुभकामना आदानप्रदान गरी मनाउने गरिन्छ । यस पर्वमा बिहान सबेरै उठेर स्नान गरी शुद्ध हुने र खुला स्थान, इदगाहा वा मस्जिदमा गई इद-उल-अजहाको नमाज पढ्ने र एकआपसमा अङ्गालोमा बाँधिएर शुभकामना आदानप्रदान पछि आआफ्नो घरमा गई कुर्वानी गर्ने गरिन्छ । अध्यक्ष अन्सारीले पर्वका अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन ।

 

प्रकाशित मिति : १४ असार २०८०, बिहिबार  ७ : ०३ बजे

खुल्यो जमुनाहा नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवागमन

नेपालगन्ज । जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ । दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

खुम्च्यो स्वास्थ्य बीमाको सेवा, ओपीडी सेवामा वर्षमा २५ हजार मात्र भुक्तानी हुने

काठमाडौं । स्वास्थ्य बीमा गरेका परिवारले पाउँदै आएको बीमा सेवालाई

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन