९ चैत्र २०८२, सोमबार | March 23, 2026

असार १५ तथा राष्ट्रिय धान दिवसको उपलक्ष्यमा रुपन्देही डेरी व्यवसायी समितिद्धारा शुभकामना आदान प्रदान



बुटवल । रुपन्देही डेरी व्यवसायी समितिको आयोजानामा असार १५ तथा राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना आदन प्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाको प्रमुख खेलराज पाण्डेले डेरी व्यवसायीहरुको समस्या समाधानका लागि जहिले पनि सरकार तयार रहेको बताए ।

कार्यक्रममा डेरी व्यवसायी समितिका संस्थापक अध्यक्ष तथा सल्लाहकार भुवनेश्वर न्यौपानले सरकारले वर्षौ देखि डेरी व्यावसायीहरुको ससस्या समाधानका लागि कुनै पनि पहल नगरेको गुनासो गरे ।

उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसीले डेरी व्यवसायीहरले उपभोक्ताको स्वाथ्यमा खेलवाड गर्न नहुने बताए । उनले विभिन्न समयमा अनुगमन गर्दा विभिन्न कैफियत देखिएको भन्दै सुधार गर्नका लागि आग्रह गरे ।

कार्यक्रममा सल्लाहकार तथा पुर्व अध्यक्ष नेत्र पाठक, मानवअधिकार तथा शान्ती समाज रुपन्देहीका अध्यक्ष कृष्ण प्रसाद भट्टराई, सल्लाहकार देवीलाल भट्टराई, घरबाहल सरोकार समाज रुपन्देहीका अध्यक्ष राजु लिगल, पत्रकार शरण कर्माचार्य, उपाध्यक्ष विष्णु प्रसाद पाण्डे, अध्यक्ष राम कृष्ण शर्मा लगायतले बोल्दै डेरी व्यवसायीहरुको समस्या समाधानका लागि दीर्घकालिन योजना बनाएर अगाडी बढ्नु पर्ने बताएका थिए ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ५ : ०९ बजे

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

पोखरा । आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्यले पूर्वी नेपालको प्रमुख

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौं । ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ नेपालमा

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

काठमाडौं । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर

सूर्यविनायक-धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा