९ चैत्र २०८२, सोमबार | March 23, 2026

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको २५ औ स्थापना दिवस



बुटवल । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको २५ औ स्थापना दिवसको अवसरमा विविध रचनात्मक कार्यक्रम गर्दै मनाएको छ । कार्यक्रममा संस्थापक देखी छुट दिएका घरधनी सम्मान गरि मनाईएको हो ।

शुक्रबार औपचारिक कार्यक्रमको लुम्बिनी प्रदेशका पुर्व स्वस्थमन्त्री तथा प्रदेश सभासद भोज प्रसाद श्रेष्ठले उद्घाटन गर्दै समाज विकासमा संघसंस्थाहरुको योगदान महत्त्वपूर्ण हुने बताए । आदिमानव रामापिथेकस, जितगढी किल्लासहित धेरै ऐतिहासिक र धार्मिक पर्यटन क्षेत्रहरु ओझेलमा रहेको भन्दै सरोकारवाला निकायहरुको चासो यसमा जानुपर्ने बताए । आर्थिक केन्द्र बुटवललाई हब बनाउने गफमात्र नभई योजनाबद्घ रुपमा लैजानुपर्ने उनले बताए ।

संघका अध्यक्ष लेखनाथ भण्डारीले पर्यटन व्यवसायीहरुको पिरमर्कामा सबैको साथ जरुरी रहेको बताए । होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुप्रति सरकारबाट कन्जुस्याइँ भएको उनले बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात ब्यवस्था मन्त्रालय, पर्यटन विकास परिषद लुम्बिनी प्रदेशका प्रशासन प्रमुख बालकृष्ण गैरेले होटल व्यवसायीहरुको हकहितमा पर्यटन विकास र प्रवद्घर्नमा सधै सहकार्य गर्न तयार रहेको बताए । पर्यटन क्षेत्रको पहिचान गरि प्रचारप्रसार गर्ने काम गरिरहेको उनले बताए ।

संघका संस्थापक अध्यक्ष माधव प्रसाद नेपाल, पुर्वअध्यक्ष मोदनाथ बेल्बासे, महेन्द्र श्रेष्ठ, निवर्तमान अध्यक्ष रामप्रसाद गौतम, नेपाल होटल व्यवसायी महासंघका निवर्तमान अध्यक्ष हिराध्वज शाह, संघका पुर्वअध्यक्ष तथा होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका पर्यटन उपाध्यक्ष समुन्द्र जिसी, वरिष्ठ उपाध्यक्ष माधव कुमार खनालले धार्मिक पर्यटनको रुपमा विकास गरि विश्वभरबाट पर्यटन ल्याउन सकिने सम्भावना रहेको बताए ।

यसैगरि दुई दर्जन बढि घरधनीहरुलाई सम्मान गरिएको संघका महासचिव अर्जुन थापाले बताए । १८ जना व्यवसायीहरुबाट स्थापना भएको संस्थामा हाल १ हजार २ सय ३ जना सदस्यहरु आवद्ध छन ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ६ : ०१ बजे

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

पोखरा । आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्यले पूर्वी नेपालको प्रमुख

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौं । ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ नेपालमा

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

काठमाडौं । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर

सूर्यविनायक-धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा