२४ मंसिर २०८२, बुधबार | December 10, 2025

अविरल वर्षाले लुम्बिनी प्रदेशका आधा दर्जन बढी सडक अवरुद्ध



बुटवल । शुक्रबार साँझबाट भएको अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका बिभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । बुटवल गुल्मी सडक अन्तर्गत सिद्धबाबा र ढुँगाखानीमा बिहानै देखि अवरुद्ध सडक ८ः४० बाट एकतर्फी संचालनमा आएको छ भने अन्य झण्डै आधा दर्जन सडक अवरुद्ध रहेका छन् ।

पूर्व खैरेनी माथागढी सडक पूर्णरुपमा अवरुद्ध रहेको छ भने पाल्पाको रम्बा गाँउपालिका १ सहजी खोला बढेर कालिगण्डकी करिडोर बन्द भएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका अनुसार पश्चिम गारुसिङ्गे अर्घाखाँची सडक २ स्थानमा अवरुद्ध भएको छ । सितगङ्गा ४ कोन्दे्र खोलामा बाढी आएर सडक बन्द भएको छ भने सोही सडकको सन्धिखर्क नगरपालिकाको दशह खोलामा पनि बाढी आएर सडक अवरुद्ध भएको छ ।

उता भालुवाङ प्युठान सडक अन्तर्गत माण्डबी ५ सिमलचौर नजिकै पहिरो खसरे सठक अवरुद्ध भएको राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका प्रहरी नायव उपरक्षिक होम बहादुर थापाले जानकारी दिएका छन् ।

वर्षा जारि रहेकाले कुनैपनि बेला पहिरो खस्न सक्ने र सडक अवरुद्ध हुन सक्ने भएकाले यात्रा गर्दा सडकको अवस्था बुझेर वा अत्यावश्यक काममा मात्र यात्रा गर्न सर्वसाधारणलाई प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ९ : ०८ बजे

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय

भोलि नेपालगन्जमा नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा नेपाली कम्युनिष्ट पार्टीको जिल्ला स्तरिय एकता

मानवअधिकारको पूर्ण कार्यान्वयन आजको सबैभन्दा ठूलो चुनौती : संयोजक प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोवक पुष्पकमल दाहाल प्रचण्डले मानव

रुपन्देही–३ मा कांग्रेसबाट खाणसहित छ जना सिफारिस

बुटवल । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालन गर्न छुट्टै सिँचाइ व्यवस्थापन कम्पनी स्थापना गरिने

काठमाडौं । सरकारले नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालनका लागि सिँचाइ