९ चैत्र २०८२, सोमबार | March 23, 2026

रोटरी क्लब अफ क्यापिटल बुटवलको अभियान : उपहारमा कुरिलो र खुर्सानीको बिरुवा



बुटवल । रोटरी क्लब अफ क्यापिटल बुटवलले बिरुवा उपहार दिएर वर्ष २०२३/२४ को शुरुआत गरेको छ । वर्ष २०२३/२४ का अध्यक्ष विश्वदिपक नेपालले सनिवार आयोजित कार्यक्रममा क्लबका सदस्यहरुलाई कुरिलो र खुर्सानीका बिरुवा उपहार दिएर आफ्नो एकवर्षको कार्यकालको शुरु गरेका हुन् ।

हरेक वर्षको जुलाई १ तारिख देखि शुरु हुने रोटरी वर्ष २०२३/२४ को शुरुआत शनिवारदेखी भएको हो । सोहि अवसरमा क्यापिटल बुटवलका अध्यक्ष नेपालले आफ्ना क्लबका सदस्यहरुलाई प्रयाप्त पौष्टिक तत्व र औषधिय गुण भएको कुरिलो र खुर्सानीका बिरुवा उपहार दिएर आफ्नो वर्षको शुरुआत गरेका हुन् ।

नेपाल कृषि प्रधान देश भएरपनि हरेक वर्ष अर्बौको तरकारी आयात भईरहेको भन्दै घरघरमा गमलामा तरकारीका बिरुवा लगाएर थोरै भएपनि तरकारी र खुर्सानीको आयात रोक्नुपर्ने सन्देश सहित बिरुवा उपहार दिएको उनले बताए । ‘हरेक परिवारले घरको कौशी र करेशावारीमा खुर्सानी र कुरिलो लगाउन सके मात्रै पनि करोडौं रकम विदेश जानबाट जोगाउन सकिन्छ, ‘कार्यक्रमहरुमा उपहारको नाममा अनुपात्दक र बाहिरबाटै आयातित वस्तु दिनुभन्दा उत्पादन दिने कुनैपनि वस्तु दिनु राम्रो हुन्छ भन्ने सन्देश दिन खोजिएको हो,’ नेपालले भने ।

नेपालले कौशी र करेशाबारीमा फुलसँगै कुरिलो र खुर्सानी रोपौं भन्ने सन्देशलाई वर्षैभरी अभियानको रुपमा संचालन गरिने बताए । अध्यक्ष नेपालले यो अभियानलाई क्लबभित्र मात्र सिमित नराखी यसक्षेत्रका सबै रोटरीयनहरुका बीचमा पु¥याईने बताए ।

क्लबका वर्ष २०२३/२४ का एसिष्टेन्ट गभर्नर जमुना पौडेलले रोटरी क्लब अफ क्यापिटल बुटवलले उपहार स्वरुप दिएको कुरिलो र खुर्सानीका विरुवाको मूल्य सानो भएपनि यो अभियानले दिने सन्देश ठूलो भएकोले यसलाई वर्षैभरी संचालन गर्न आग्रह गरिन् ।

क्लबका संस्थापक अध्यक्ष दिनेश पाण्डेले रोटरीले ठूला ठूला परियोजना संचालन गरेर मात्रै मानिसको जिवनमा प्रत्यक्ष प्रभाव पार्न र परिवर्तन गर्न नसकिने भन्दै सानो सानो अभियान चलाउँदा पनि व्यक्ति, परिवार र समाजमा सकारात्मक परिवर्तन गर्न सकिने बताए ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ४ : ०४ बजे

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

पोखरा । आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्यले पूर्वी नेपालको प्रमुख

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौं । ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ नेपालमा

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

काठमाडौं । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर

सूर्यविनायक-धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा