९ चैत्र २०८२, सोमबार | March 23, 2026

नेत्रहिन युवा संघद्धारा संस्थागत कार्यक्षमता अभिवृद्धि कार्यशाला



बुटव । नेत्रहिन युवा संघ नेपाल रुपन्देही को आयोजानमा दुई दिने संस्थागत कार्यक्षमता अभिवृद्धि कार्याशाला गरेको छ । दुई दिन सम्म चलेको कार्याशालाको शनिबार एक कार्यक्रमको आयोजना गरी समापन गरिएको छ ।

तालिम समापन कार्यक्रममा बोल्दै राष्ट्यि अपांग महासंघ नेपालका केन्द्रीय निर्वतनमा अध्यक्ष तथा सहजकर्ता मित्रलाल शर्माले अपांगता भएका व्याक्तिहरुको हक, हितका लागि सबै जनाले एकजुट भएर लाग्नुपर्ने बताए ।

उनले अपांगता भएका वर्ग त्यसमा पनि दृष्टिविहिनता भएकै कारण समाजको दृष्टिकोणबाट अपहेलित हुनुपर्ने अवस्था भन्दा पनि जानेको सिपलाई व्यहारमा उतारेर जीवीको पार्जनको बाटोमा अगाडी बढ्नका लागि समेत आग्रह गरे ।

कार्यशालाको समापन कार्यक्रममा बोल्दै नेपाल नेत्रहिन युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष जीवन पोखरेलले सदस्यहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न समयमा विभिन्न प्रकृतिको कार्यक्रम गर्दै आएको बताए । उनले संस्थाको हितका लागि लागिपरेका सदस्यहरुको हितका लागि आफुले जहिले पनि सहयोग गर्दै जाने भन्दै विभिन्न निकाय संगको सहकार्यमा तालिम, सेमिनार, तथा गोष्ठी समेत आयोजना गरी दृष्टिविहिनता भएका व्याक्तिहरुको आयआर्जनका लागि समेत योगदान दिने प्रतिवद्धता समेत जनाए ।

तालिम समापन कार्यक्रममा दृष्टिविहिन क्रिकेट संघ लुम्बिनीका अध्यक्ष निर्मल पौडेल, अपांगता उत्थान संघका उपाध्यक्ष सुनिल सुवेदी, सहभागी जानकी केवट, महादेव पंगेनी लगायतको बोलेका थिए । दुई दिनसम्म चलेको कार्यशालामा राष्ट्यि अपांग महासंघ नेपालका पुर्व अध्यक्ष मित्रलाल शर्मा, अपांगता उत्थान समाज कपिलवस्तुका व्यवस्थापक तथा राष्ट्यि अपांग महासंघ नेपाल लुम्बिनी प्रदेश कार्यालय पुर्व व्यवस्थापक गोमा पन्थीले सहजीकरण गरेको संस्थाका सचिव ऋषिराम विसीले जानकारी दिए ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ७ : २० बजे

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

पोखरा । आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्यले पूर्वी नेपालको प्रमुख

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौं । ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ नेपालमा

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

काठमाडौं । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर

सूर्यविनायक-धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा