५ पुस २०८२, शनिबार | December 20, 2025

लायन्स क्लब अफ सैनामैना मलमलाको पद हस्तान्तरण सम्पन्न



बुटवल । लायन्स क्लब अफ सैनामैना मलमलाको वर्ष २३/२४ का लागी पद हस्तान्तरण गरिएको छ । सोमबार सैनामैनाको वाटर वर्ल्ड रिसोर्टमा सम्पन्न एक कार्यक्रम बीच वर्ष २२/२३ का अध्यक्ष युवराज कार्कीले २३र२४ का अध्यक्ष विजय काफ्लेलाइ पद हस्तान्तरण गरेका हुन् ।

पद हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स डिस्ट्रिक ३२५ पि का पी.एम. जे.एफ. लायन बालाराम भट्टराईले बोल्दै क्लबको ईतिहास त्यति लामो नभए पनि क्लबले छोटो समयमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै अझै सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रमको रफ्तार बढाउनुपर्नेमा जोड दिएका थिए । उनले वार्षिक योजनाअनुसार क्लबलाइ अगाडी बढाउँदै रचनात्मक कामका लागी शुभकामना व्यक्त गरे ।

कार्यक्रममा विशिष्ट अतिथि निवर्तमान एरिया चिफ लायन माधव खनाल, २२/२३ का रिजन चेयर पर्सन गुणाखर भण्डारी, २३/२४ का जोन चियर पर्सन बाबुराम खनाल, चार्टर्ड प्रेसिडेन्ट लायन कृष्ण प्रसाद शर्मा, आई पी पी सरोज पन्थ, घनश्याम पाण्डे, लायन्स सैनामैना बोलबमकी अध्यक्ष सुशीला पन्थ, क्लबका सल्लाहाकार लेखनाथ गैरे, सैनामैना स्टारका चार्टर प्रेसिडेन्ट कृष्ण ज्ञवाली, २३/२४ का अध्यक्ष शिव पोख्रेल लगायतले बोल्दै धेरै क्लबहरुको बीचमा सैनामैना मलमलाले आफूलाई छुट्टै क्लबको पहिचान दिनेगरी काम गर्नुपर्नेमा जोड दिएका थिए ।

विभिन्न सांस्कृतिक प्रस्तुति समेत गरिएको विशेष कार्यक्रममा २२/२३ का अध्यक्ष युवराज कार्कीले क्लबलाइ आफनो कार्यकालमा सहयोग गर्ने विभिन्न व्यक्तिहरूलाई विशेष सम्मान समेत गरिएको थियो । यस्तै नवनिर्वाचित अध्यक्ष विजय काफ्लेले सबैको साथ सहयोग र समर्थनमा नगरस्तरीय विशेष कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता समेत जनाएका थिए ।

कार्यक्रम संस्थाका सचिव चन्द्रप्रकाश वनको सञ्चालनमा सम्पन्न भयको थियो भने स्वागत आईपीपी सरोज पन्थको स्वागतमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ५ : ०९ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता