५ पुस २०८२, शनिबार | December 20, 2025

कालिका मानवज्ञानका प्रधानाध्यापक थापाद्वारा २ वर्षमा हासिल गरेका उपलब्धि र आगामी योजनासहितको स्थितिपत्र सार्वजनिक



बुटवल । नेपालमै धेरै विद्यार्थी भएको बुटवलस्थित कालिका मानवज्ञान माविका प्रधानाध्यापक दिनेश थापाले आफूले विद्यालयको नेतृत्व सम्हालेको २ वर्षमा हासिल गरेका उपलब्धि र आगामी योजनाहरु सार्वजनिक गरेका छन् । एक स्थिति पत्र सार्वजनिक गर्दै थापाले समुदाय, अभिभावक, सरकार र मिडियाको सहयोगले विद्यालयको भौतिक, शैक्षिक र अतिरिक्त क्रियाकलापको क्षेत्रमा उल्लेख्य प्रगति भएको जनाएका छन् ।

थापाले कालिका मानवज्ञानको नेतृत्व सम्हालेको २ वर्षमा विद्यालयमा ४३ वटा कक्षाकोठा तथा सभाहल थप निर्माण हुनुको साथै संगीत कक्ष, संग्राहलय, मातृशिशु कक्ष, प्राथमिक उपचार कक्ष, बाल उद्यान र चमेना गृह निर्माण भएका छन् । यसैगरी शिक्षक कर्मचारीका लागि ४ वटा तहगत कार्यकक्ष निर्माण, विद्यालयमा सर्भर कक्षको निर्माण र सिसिटिभी जडान, विद्यार्थी मैत्री डेक्स बेन्चको व्यवस्था र पुराना शौचालयको आधुनिकीकरण गरिएको, विद्यार्थीहरुलाई स्वच्छ पिउने पानीको व्यवस्था गर्नको लागि विद्यालयमा १० वटा युरो मेशिन जडान र तातोपानीको धारा जडान गरिएको थापाले जनाएका छन् ।

प्रधानाध्यापकको जिम्मेवारी सम्हालेपछि कालिका मानवज्ञान माविको शैक्षिकस्तरलाई उकास्ने कार्यलाई आफ्नो मुख्य उद्देश्य रहेको र यसैदिशामा आफू लागिरहेको स्थितिपत्रमा उल्लेख छ । आधुनिक बाल विकास कक्षा व्यवस्थापन, डिजिटल स्कूल म्यानेजमेन्ट एप्लिकेशनको प्रयोग गरि विद्यार्थी र अभिभावकसँग सम्पर्क, परीक्षा प्रणालीमा सुधार, एकिकृत पाठ्यक्रम प्रणाली लागू गरि सिक्ने सिकाउने प्रणालीको विकास, विषयगत समिति मार्फत जिम्मेवारी लिने र विषयगत जवाफदेही हुने पद्दतिको विकास गरेको उनले जनाएका छन् ।

विद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई जवाफदेही र स्वःप्रेरित बनाउनको लागि कक्षा शिक्षक र विषय शिक्षकलाई विशेष जिम्मेवारी प्रदान गरि कार्यसम्पादनको आधारमा पुरस्कृत गर्ने कार्यलाई व्यवस्थित गरेको, शिक्षकहरुलाई १० प्रतिशत अतिरिक्त भत्ताको व्यवस्था गरेको, बाल विकासका शिक्षकलाई समेत सरकारी प्राथमित तहको स्केल सरह नै तलत तथा अन्य सुविधा प्रदान गरिएको छ । पछिल्ला २ वर्षमा विद्यार्थीलाई व्यवहारिक सिकाईका साथै कला, साहित्य र खेलकुदमा सेवा सुविधा वृद्धि गरि विद्यार्थीको क्षमता विस्तार गर्ने अवसर प्रदान गरिएको छ ।

नमुना संसद, स्थानीय सरकारसँग विद्यार्थी, किसानसँग विद्यार्थी, वृद्धाश्रममा विद्यार्थी जस्ता कार्यक्रमहरु विद्यालयले संचालन गर्दै आएको छ । जिल्लामा खेलकुद सुस्ताईरहेको अवस्थामा विद्यार्थीलाई खेलमा सहभागी बनाउनको लागि जिल्लास्तरीय कालिका रनिंग शिल्ड खेलकुद प्रतियोगिताको शुरुवात गरिएको र यसबाट अन्य विद्यालयका विद्यार्थि पनि लाभान्वित भएको स्थितिपत्रमा उल्लेख छ।

८००० भन्दा बढी विद्यार्थी अध्ययनरत कालिका मानवज्ञान माविमा पछिल्लो वर्षमा कक्षा ११ र १२ मा शिक्षा, मानविकी, कानून, विज्ञान, व्यवस्थापन र इन्जिनीयरिंग विषयमा पढाई भैरहेको छ । यो वर्षमात्र विद्यालयबाट पढाई पूरा गरेका २८ जना विद्यार्थीले मेडिकल, इन्जिनीयरिङ्ग , कृषि र वन विषयमा उच्च शिक्षा अध्ययनको लागि पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन् । विद्यालयमा विद्यार्थीको चापलाई थेग्ने र उनीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि प्रधानाध्यापक थापाले २० बुंदे शैक्षिक तथा भौतिक सुधारको योजना अघि सारेका छन् । यो योजना अन्तर्गत स्मार्ट ल्याबको विस्तार, प्रोजेक्टमा आधारित सिकाईको व्यवस्था, अस्थायी शिक्षक कल्याणकारी कोषको व्यवस्था, खेलकुद सुविधा विस्तार लगायतका कार्यहरु रहेका छन् ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ६ : ४२ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता