१० चैत्र २०८२, मंगलबार | March 25, 2026

प्रकाश माबि बेनीका समिर सुबेदी एसईईमा नेपाल प्रथम भएको दाबी प्रस्तुत



बेनी । राष्ट्रिय परीक्षा बोर्डले विहिबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा २०७९ (एसइई) को नतिजामा म्याग्दी जिल्लाको बेनीस्थित प्रकाश माध्यमिक विद्यालयका समिर सुवेदीले नेपालमै सर्वोकृष्ट नतिजा ल्याएको विद्यालयले दाबी गरेको छ । सुबेदीले प्राप्त गरेको ४ जिपिए अंक नेपाल भरिकै सर्वोकृष्ट भएको विद्यालयले दाबी गरेको हो ।

प्रकाश माबीबाट एसईई दिएका सुबेदीले ल्याएको नतिजा नेपालभरको उत्कृष्ट नतिजा रहेको विद्यालयका प्रधानाध्यावक लेखबहादुर हमालले दाबी गरे । शिक्षा विकास तथा समन्वय इकाइका ईकाई प्रमुख दलबहादुर थापाले यस बर्षको एसईई परीक्षामा म्याग्दीबाट सहभागि विद्यार्थीमध्ये प्रकाश माविका सुवेदीले ४ जिपिए ल्याएर जिल्ला प्रथम भएको जानकारी दिए ।

विद्यालयले दिएको जानकारी अनुसार गत वर्षको एसईइईमा सो विद्यालयबाट सहभागि एक हजार ९०७ जना विद्यार्थीमध्ये ३.६० देखि ४ जिपिए ल्याउने विद्यार्थीको संख्या २१ रहेको छ भने ३.२ देखि ३.६ ग्रेड ल्याउने ६१ जना रहेका छन् । थ्यसैगरि २.८ देखि ३.२ ग्रेड ल्याउने एकसय ७७ जना, २.४ देखि २.८ ग्रेड ल्याउने तीनसय ८१ जना र २.० देखि २.४ ल्याउनेको संख्या पाचँसय ८० रहेको छ ।

१.६ देखि २.० ग्रेड ल्याउने संख्या चार सय ९७ जना रहेका छन् भने १.२ देखि १.६ ग्रेड ल्याउने एकसय ६८ जना रहेका छन् । ०.८ देखि १.२ ल्याउने ३ जना रहेका छन् । ११ जना विद्यार्थी परीक्षामा सहभागी नै नभएको विद्यालयले जनाएको छ ।

 

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  १० : ३० बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण