४ पुस २०८२, शुक्रबार | December 20, 2025

शिवशिखर सहकारी रहेको बुटवलको घर प्रहरी परिचालन गरि खाली गराइँदै



बुटवल । नागरिकका अवौं रकम अवचलन गरेपछि बन्द रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी सहकारी संस्थाको बुटवल स्थित कार्यालय, गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर र खाद्यान्नको डिलर रहेको भवन प्रहरी परिचालन गरेर खाली गराउन थालिएको छ ।

जनताको अवौं रकम अवचलन गरि फरार रहेका शिवशिखर सहकारीका संचालक दम्पत्ती पक्राउ परेसँगै सो सहकारीका देशैभरका कार्यालय र पसलहरु बन्द रहेका थिए । अध्यक्ष केदारनाथ शर्मालाई सीआईबीले भारतको मुम्बईबाट पक्राउ गरेर ल्याएको छ भने त्यस अघि नै उनकी श्रीमती गीता शर्मा सिआइबी हिरासतमा छिन् ।

बुटवल उपमहानगरपालिका–१० स्थित योगीकुटीमा रहेको डिपार्टमेन्टल स्टोर घरधनी इश्वर मल्लको निवेदनका आधारमा खाली गराउन थालिएको बताइएको छ । घरधनीले दिएको सूचनामा घर खाली नभएपछि प्रक्रियागतरुपमा प्रशासनको सहयोगमा खाली गराउन लागिएको घर धनी मल्लले बताएका छन् ।

२०६९ साल असोज २८ गते सहकारी विभागबाट दर्ता प्रमाणपत्र पाएको शिव शिखर ०७८ साउनमा बुटवल आएको थियो ।शिवशिखरले सहकारीसँगै ‘गार्डेनमार्ट डिपार्टमेन्टल स्टोर्स’ सहित खाद्यान्हको अधिकृत बिक्रेताको रुपमा सप्लाई पनि गर्दै आएको थियो ।

 

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  २ : ५४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको