९ चैत्र २०८२, सोमबार | March 23, 2026

लुम्बिनी प्रदेश फूटबल संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा अजित राज भण्डारी



बुटवल । लुम्बिनी प्रदेश फूटबल संघको आज बुटवलमा भएको प्रथम अधिबेशनले अजित राज भण्डारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । नयाँ नेतृत्व चयन संगै अब प्रदेशमा खेलकुलका गतीविधीमा थप चलायमान हुनेआयोजकले बताएका छन ।

अखिल नेपाल फूटबल संघ एन्फाका उपाध्यक्ष दीर्घ बहादुर केसी कुमारले लुम्बिनी प्रदेश फूटबल संघमा नयाँ नेतृत्व सर्वसम्बत रुपमा चयन हुनुले यस क्षेत्रमा फूटबलको विकासका लागि थप महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गरे । उनले खेलकुदको लागि केन्द्रिय सरकारले बजेटको व्यवस्थागर्न नसकेकोमा चिन्ता व्यक्त गदै स्थानिय तहहरुसंग मिलेर खेलकुदका प्रतियोगिता संचालन गर्न आह्वान गरे ।

लुम्बिनी प्रदेशसमा मुख्यमन्त्रीसंग जोडिएर मुख्यमन्त्री कप फूटबल प्रतियोगिता संचालन गर्न पहल गर्नुपर्ने भन्दै प्रदेशमा समिति चयन भएसंगै बटो सहज भएको बताए ।

अखिल नेपाल फूटबल संघ एन्फाका केन्द्रिय सदस्य भोजराज जोसीले फूटबलमा देखिएको समस्या समाधान हुने धारणा राखे । प्रदेश फूटबल संघका उपाध्यक्षमा होम बहादुर क्षेत्री, खोम सिंह ठकुरी शक्ति अजय कुमार शर्मा, र सदस्यमा मोहन सिंह राना, करन चित्रकार, अनिल कुमार शाक्य, सुरेश मणि त्रिपाठी, शिव श्रेष्ठ, भेषराज पौडेल, संजय कार्की ,शुसिल कुमार श्रेष्ठ, मोहन सिंह थापा, अशोक सेन र महिला सदस्यमा सीता गोतामे निर्वाचित हुनु भएको निर्वाचन समितिका संयोजक शालिकराम बन्जाडेले बताए ।

 

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ७ : ४७ बजे

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा