३ पुस २०८२, बिहिबार | December 19, 2025

उत्तर पश्चिम भारतमा भारी वर्षा, आज दिल्लीका सबै विद्यालय बन्द



नयाँदिल्ली । उत्तर पश्चिम भारतका अधिकांश भागहरूमा वर्षाको मौसम जारी छ। देशका धेरै राज्यमा भारी वर्षा भइरहेको छ । दिल्लीका धेरै ठाउँमा पानी जमेका कारण मानिसहरुलाई समस्या भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले अलर्ट जारी गरेको छ । अवस्थालाई ध्यानमा राख्दै अरविन्द केजरीवाल सरकारले सोमबार विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

अरविन्द केजरीवालले ट्वीट गर्दै दिल्लीमा विगत २ दिनदेखि परेको मुसलधारे वर्षा र मौसम विभागको चेतावनीलाई ध्यानमा राख्दै सोमवार दिल्लीका सबै विद्यालय एक दिनका लागि बन्द गरिएको बताए ।

दिल्लीमा जुलाईमा अहिलेसम्म १६४ मिलिमिटर वर्षा भइसकेको छ । सहरमा महिनाभर औसत २०९.७ मिलिमिटर वर्षा हुन्छ । अविरल वर्षाका कारण सहरका धेरै पार्क, अन्डरपास, बजार तथा अस्पताल परिसर जलमग्न भएका छन् भने सडक जाम भएको छ ।

सडकमा घुँडा गहिरो पानीमा डुबेका मानिसहरूको तस्विर र भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भएका छन्, जसले शहरको ड्रेनेज प्रणालीमा धेरै प्रश्नहरू खडा गरेको छ। हावाहुरी र वर्षाका कारण धेरै क्षेत्रमा विद्युत र इन्टरनेट सेवा पनि प्रभावित भएको छ ।

उता, दिल्ली एनसीआरमा भारी वर्षा भइरहेको छ । दिल्लीको छेउमा रहेको हरियाणाको गुरुग्राममा प्रशासनले कर्पोरेट र निजी क्षेत्रमा काम गर्ने मानिसहरूलाई घरबाटै काम गर्न सल्लाह दिएको छ ।

यसैगरी, दिल्लीसँगै उत्तर प्रदेशको गाजियाबादमा पनि प्रशासनले विद्यालय बन्द गर्ने निर्णय गरेको छ । गाजियाबादका जिल्ला मजिस्ट्रेटले भारी वर्षालाई ध्यानमा राख्दै जुलाइ १० र ११ तारिखमा विद्यालयमा बिदा दिने घोषणा गरेका छन् ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ७ : १० बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको