१० चैत्र २०८२, मंगलबार | March 25, 2026

केबलकारलाई बुद्धिष्ट सर्किट, रामायण सर्किटसम्म विस्तार गरेर पर्यटनको नयाँ आयाम थपिनेछ : अध्यक्ष ढकाल



बुटवल । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार सर्किट पर्यटन क्षेत्रमा नयां आयाम हुने बताएका छन् ।

लुम्बिनी केबलकार प्रा.लिले पाल्पाको बसन्तपुरमा गरेको पत्रकार सम्मेलनमा ढकालले नेपालमा एक पछि अर्को केबलकारहरु सञ्चालनमा आएकाले अब बुद्धिष्ट सर्किट, रामायण सर्किट जस्तै अब केबलकार सर्किट पनि नेपालको पर्यटन प्रवद्र्धनमा नौलो प्याकेज हुने बताए ।

अधिकांस भारतीय पत्रकारहरुको उपस्थितीमा गरिएको पत्रकार सम्मेलनमा नेपालको समृद्धिको मुख्य आधार पर्यटन भएकाले यसमालगानी गरे दुबै देशका लगानीकर्ताले राम्रो प्रतिफल पाउने ढकालले बताए ।

आईएमई ग्रुपको अगुवाईमा अबको ५ वर्षमा पांचतारे होटेल सहितका थप ४ वटा केबलकार निर्माण गरी सातवटै प्रदेशमा केबलकार सञ्जाल विस्तार गर्ने लक्ष्य रहेको ढकालले बताए । नेपालमा सयौं हिल्स एरिया रहेका र त्यहां केबलकार लगायत पर्यटकीय पुर्वाधार बनाउन सके सय डेढसय किलोमिटर दूरीमा रहेका भारतीय शहरहरुका नागरिक रमाउन आउने संभावना रहेको ढकालले बताए ।

पर्यटन लगायतका क्षेत्रमा नेपाली र भारतीयपक्षको संयुक्त लगानी आवश्यक रहेको समेत अध्यक्ष उनले बताए ।
लुम्बिनी केबलकार बेलहियानाका र बुद्ध जन्मस्थल लुम्बिनी नजिकै रहेकाले पाल्पा बसन्तपुरको मनोरम प्राकृतिक भुगोल, कामाख्या देवीको मन्दिर दर्शनकालागि भारतीय नागरिक आकर्षित हुने गरेको ढकालले बताए ।

अध्यक्ष ढकालले पर्यटन,जलविद्युत,खानी र खनिजपदार्थ, कृषिजस्ता क्षेत्रहरुमा भारतीयसंग संयुक्त लगानी गरेर राम्रो प्रतिफल प्राप्तगर्न सकिने समेत औंल्याए ।

भारतीय पर्यटकहरुलाई नेपाल आगमनका क्रममा सीमानाकामा गरिने व्यवहार सम्मानजनक हुनुपर्ने र प्रशासनिक झन्झटलाई सहज बनाइनुपर्ने अध्यक्ष ढकालले आग्रह गरे ।

सञ्चालनमा आएको एक महिनामै लुम्बिनी केबलकारमा चढ्ने कुल संख्यामध्ये ४० प्रतिशत भारतीय नागरिक भएको उल्लेख गर्दै अध्यक्ष ढकालले निकट भविष्यमै बेलहियाबाट बुटवल गोलपार्कसम्म सटल बसहरु सञ्चालनमा ल्याउने योजना रहेको बताए । केबलकारको टप स्टेसनमा रहेको कामाख्यादेवी, सय वर्ष पुरानो भगवतीमन्दिरको दर्शका लागि नेपालीसंगै भारतीय नागरिकको आकर्षण रहेको उनले बताए ।

लुम्बिनी केलबकारको टप स्टेसनमा भारतीयलाई लक्षित गरी क्यासिनो, एक हजार जना क्षमताको बैंक्वेट हल र एक सय ५० कोठा सहितको पांचतारे होटेल २ वर्षभित्र निर्माण सम्पन्नगर्ने गरी काम अघि बढेको अपरेसन म्यानेजर डिएन कायस्थले बताए ।

नेपालपत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, पर्यटन पत्रकार नरेश केसीलगायतले नेपाल र भारतबीच सरकारी स्तर संगै नागरिक स्तरको सहकार्यबाट दुबै देशका पर्यटकीय गन्तव्यको प्रचारप्रसार हुने बताए ।

 

 

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ६ : २४ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण