९ चैत्र २०८२, सोमबार | March 23, 2026

खजुराको क्यान्सर अस्पताललाई भारत सरकारको तर्फबाट बस र एम्बुलेन्स प्रदान



खजुरा । नेपालको नारायणी नदी पश्चिमको एक मात्र क्यान्सर अस्पताल सुशिल कोईराला प्रखर क्यान्सर अस्पताललाई भारत सरकारले १ थान एम्बुलेन्स र १ थान बस उपलब्ध गराएको छ ।

भारतीय राजदुताबासमा आज एक कार्यक्रमकाबीच अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्ल र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निरज भट्टराईलाई एम्बुलेन्स र बस हस्तान्तरण गरिएको छ । नेपाल सरकारका माननीय शिक्षा,विज्ञान तथा प्रविधी मन्त्री अशोक कुमार राई र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवको उपस्थितिमा १ थान एम्बुलेन्स तथा १ थान बस हस्तान्तरण गरिएको अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले जानकारी दिए।

नेपालगन्ज देखि ८ किलो मिटर पश्चिम रहेको अस्पताल सम्म पुग्न स्थानीय यातायात ब्यवसायीहरुले सार्वजनिक यातायातको ब्यवस्था नगरिदिँदा अस्पताल पुग्ने बिरामीलाई सास्ती खेप्न परिरहेको थियो । अस्पतालको आफ्नै एम्बुलेन्स र बस भएपछि अस्पतालको सेवा लिने विरामीहरुलाई सहज हुने अस्पतालका मेसु डा. भट्टराईले विश्वास ब्यक्त गरे । स्वास्थ्य मन्त्रालयको समन्वयमा गरिएको अस्पतालको अनुरोधलाई छोटो समयमै सम्बोधन गरिदिएकोमा भारतीय दुतावास परिवारलाई उनले धन्यवाद दिए ।

धार्मिक अगुवा संत दीनदयालजीको संकल्पमा जनसहयोगबाट स्थापना भएको सो अस्पताल २०७२ सालमा नेपाल सरकारलाई स्वामित्व हस्तान्तरण गरेपछि संघीय सरकारले संचालन गर्दै आएको छ ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  १२ : २३ बजे

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा