२० माघ २०८२, मंगलबार | February 3, 2026

भलिबल राष्ट्रिय टिमका कप्तान हरिहजुर थापा बर्खास्त



काठमाडौं । नेपाल भलिबल संघले भलिबल राष्ट्रिय टिमका कप्तान हरिहजुर थापालाई कप्तानबाट बर्खास्त गरेको छ । आफ्नो जिम्मेवारी राम्रोसँग निर्वाह नगरेको र कर्तव्यबाट विमुख भएको भन्दै संघले उनलाई कप्तानबाट बर्खास्त गरेको हो ।

गत सोमबार दशरथ रंगशालास्थित कभर्ड हलमा गण्डकीविरुद्ध आर्मीबाट खेलेका उनले आफ्नो जिम्मेवारी र भूमिका राम्रोसँग निर्वाह गरेको आरोप छ । आफ्नो कप्तानीमा रहेका टिम आर्मीका खेलाडीले दर्शकलाई पिटेपछि उनलाई कप्तानबाट बर्खास्त गरिएको हो ।

घटनापछि महासचिव तथा प्रतियोगिता संयोजक समेत रहेका रोशन श्रेष्ठको संयोजकत्वमा गठन भएको पाँच सदस्यीय छानबिन समितिको सिफारिसमा उनलाई बर्खास्त गरिएको हो ।

समितिमा श्रेष्ठसहित सचिव सुनकेशरी माली, कोषाध्यक्ष श्यामकृष्ण श्रेष्ठ, सदस्य अन्जु श्रेष्ठ र जुनु पुन थिए ।

 

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  २ : ३३ बजे

रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

बागलुङ । सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा

गलेश्वर-पुलाश्रम-जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै)

निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि

निर्वाचन आउन ३० दिन बाँकी : मतदाता नामावलीमा नाम नभएका पनि उम्मेदवार !

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको