२० माघ २०८२, मंगलबार | February 3, 2026

इमर्जिङ टिम्स एसिया कप : भारत ए सँग नेपाल ९ विकेटले पराजित



काठमाडौं। श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत समूहको दोस्रो खेलमा नेपाल भारत ए सँग ९ विकेटले पराजित भएको छ। नेपालले दिएको १ सय ६८ रनको लक्ष्य भारतले २२।१ ओभरमा १ विकेट गुमाउदै पुरा गर्यो। भारतको जितमा ओपनर अभिषेक शर्मा ८७ रन बनाए। अर्का ओपनर साई सुदर्शनले अविजित ५८ रन बनाए। धुव्र जुरेल २१ रनमा अविजित रहे। नेपालका लागि कप्तान रोहित शर्माले मात्र एक विकेट लिए। उनले ओपनर अभिषेक शर्मालाई कुशल मल्लको हातबाट क्याच आउट गराए। लिस्ट ए क्रिकेटमा रोहितको यो पहिलो विकेट हो।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ३९।२ ओभरमा अलआउट हुँदै १ सय ६७ रन बनाएको थियो। टोलीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ६५ रन बनाएका थिए। अर्धसतक बनाएका पौंडेलले ८५ बलको सामना गर्ने क्रममा ७ चौंका प्रहार गरे। ओपनर कुशल भुर्तेल शुन्य रनमा आउट भए।

अर्का ओपनर आसिफ शेख पनि ७ रन बनाएर आउट भए। तेस्रो नम्बरमा आएका देव खनाल १५ रन बनाएर आउट भए। त्यस्तै भिम सार्कि ९४०, कुशल मल्ल ९००, सोमपाल कामी ९१४०, पवन सर्राफ ९६० र ललित नारायण राजवंशी ९३० रन बनाएर आउट हुँदा किशोर महतो २ रनमा अविजित रहे। गुलशन कुमार झा ३० बलमा ३८ रन बनाएर आउट भए। उनले २ चौंका र २ छक्का प्रहार गरे। भारत ए का लागि बलिङमा निशान्त सिन्धुले ४ विकेट लिए। राजवर्धन हांगरगेकरले ३ विकेट लिए। हर्षित राणा २ र मानव सुथारले १ विकेट लिए।

आजको हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। नेपालसँगै युएई पनि प्रतियोगिताबाट बाहिरिएको छ। आजै भएको अर्को खेलमा युएई पाकिस्तान ए सँग १ सय ८४ रनले पराजित भएको थियो। २ खेलमा २ जितका साथ भारत ए र पाकिस्तान ए १ खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको छ। अब नेपालले प्रतियोगिताको आफ्नो अन्तिम खेल युएईसँग खेल्नेछ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ८ : २० बजे

लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेश सरकारले भोली बुधबार प्रदेशभर सार्वजनिक बिदा

रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

बागलुङ । सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा

गलेश्वर-पुलाश्रम-जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै)

निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि