९ चैत्र २०८२, सोमबार | March 23, 2026

काठमाडौं महानगरका व्यावसायिक भवन र अस्पताललाई आजबाट पार्किङ शुल्क उठाउन प्रतिबन्ध

काठमाडौमा तोकियो पे-पार्किङ शुल्क - कहाँ पार्किङ गर्दा कति लाग्छ शुल्क ?



काठमाडौं । काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका व्यावसायिक भवन, अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाले सेवाग्राहीलाई निःशुल्क पार्किङ सेवा उपलब्ध गराउनुपर्ने भएको छ ।

महानगरको आर्थिक ऐन, २०८० ले बहुतले आवासीय वा व्यावसायिक भवनमा रहेका व्यवसाय र सेवा प्रदायकलाई सम्बद्ध सेवाग्राहीसँग सवारी साधन पार्किङ बापतको शुल्क सङ्कलन गर्न निषेध गरेको छ । सो ऐन आजदेखि कार्यान्वयनमा आएको छ ।

व्यावसायिकरूपमा सवारी साधन पार्किङ प्रयोजनका लागि भवन निर्माण गरेमा भवन निर्माण सम्पन्न भएको मितिले पार्किङ प्रयोजनका लागि प्रयोग हुने क्षेत्रको १० वर्षसम्म सम्पत्ति कर छुट हुने व्यवस्था गरिएको छ । ऐनले सार्वजनिक सडकमा सवारी साधन पार्किङ सञ्चालन गर्न अनुमति नपाइने व्यवस्था गरेको छ ।

महानगरपालिकाले अन्य सम्भावित क्षेत्र पहिचान गरेर पैदल मार्ग (फुटपाथ) बाहेक सवारी आवागमनमा अवरोध नहुने गरी नगर कार्यपालिकाले मापदण्ड तोकेर पार्किङ सुविधा उपलब्ध गराउन सक्ने ऐनमा व्यवस्था गरिएको छ । पार्किङ गराउँदा क्षेत्रगत आधारमा स्पष्ट रेखाङ्कन गरेर प्रवेश र बहिर्गमन फरक फरक हुने गरी प्रविधि प्रयोग गरेर व्यवस्थापन गर्नुपर्नेछ ।

महानगरले भित्री तथा बाहिरी क्षेत्रमा सवारी पार्किङको शुल्क पनि तोकेको छ । नयाँसडक, धर्मपथ, कान्तिपथ, दरबारमार्गलगायत भित्री सहरी क्षेत्र (त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल लैनचौरसम्म) काठमाडौँको मध्य भागका तोकिएका स्थानलाई क्षेत्र नं १ मा राखिएको छ । यस क्षेत्रमा सवारी साधन पार्किङ गरेबापत दुईपाङ्ग्रेका लागि पहिलो आधा घण्टासम्म रु १५ र प्रतिघण्टा रु २५ कायम गरिएको महानगर प्रमुख बालेन्द्र शाहले जानकारी दिएका छन् । चारपाङ्ग्रेका लागि पहिलो आधा घण्टासम्म रु ५० र प्रतिघण्टा रु ८० कायम गरिएको छ ।

सो स्थानबाहेकका महानगरपालिका क्षेत्रभित्रका अन्य ठाउँलाई क्षेत्र नं २ मानिएको छ । यी क्षेत्रमा दुईपाङ्ग्रे सवारी साधन पार्किङ गरेबापत प्रतिघण्टा रु १५, चारपाङ्ग्रेका रु ४० र चारपाङ्ग्रेभन्दा ठूला सवारीका लागि प्रतिघण्टा रु एक सय कायम गरिएको छ ।

अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्ने सवारी साधनलाई पार्किङ शुल्क लाग्ने छैन । यस्तै आपत्कालीन सेवाका सवारी साधन र महानगरपालिकाले तोकेको अन्य सवारी साधनलाई निःशुल्क पार्किङको व्यवस्था हुने महानगरले जनाएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ९ : ५६ बजे

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा