५ पुस २०८२, शनिबार | December 20, 2025

कांग्रेस केन्द्रीय समिति बैठक जारी, बाँकी केन्द्रीय सदस्यले आज धारणा राख्ने



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी रहेको छ । गत मंगलबार देखी सुरू भएको बैठक आज पनि जारी रहेको छ ।

शनिबारका लागि स्थगित गरिएको उक्त बैठक आज बिहान ११ बजे देखी सुरु हुनेछ । बैठक सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बस्नेछ ।

गत ५ साउनको बैठकमा गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, बलबहादुर केसी, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, डा. नारायण खड्का, उमा रेग्मी, पद्मनारायण चौधरी, दिलेन्द्रप्रसाद बडू, आनन्दप्रसाद ढुंगानालगायतले आ आफनो धारणा राखेको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन ।

उनका अनुसार अजयकुमार चौरसिया, अम्बिका बस्नेत, पुष्पा भुसाल, शंकर भण्डारी, मीनबहादुर विश्वकर्मा, ईश्वरी न्यौपाने, सीता गुरुङ, मिनाक्षी झा, सुजाता परियार, गोविन्द भट्टराई, प्रदीप पौडेल, चिनकाजी श्रेष्ठ, रमेश लेखक, सरिता प्रसाई, लक्ष्मी परियार, ध्यानगोविन्द रञ्जित, अमृत अर्याल, धु्रव वाग्ले, गेहेन्द्र गिरी, डा. आरजु राणा देउवा, जीतजंग बस्नेत, राजीव ढुंगाना र अञ्जनी श्रेष्ठले आ-आफ्ना धारणा राखेका थिए ।

आज बाँकी केन्द्रीय सदस्यहरुले आ आफनो धारणा राख्ने छन् ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ७ : २५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको