नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको आसन्न निर्वाचनमा ६ वटा दल पक्षधर ब्यवसायीबीच गठबन्धन बन्ने भएको छ । माओवादी केन्द्र, एमाले, एकीकृत समाजवादी र राप्रपामा आवद्ध ब्यवसायीका बीच निर्वाचनमा गठबन्धन बनाएर जाने निर्णय भएको हो ।
आज दिनभरी दल आवद्ध ब्यवसायीको छलफल पश्चात समावेशी समुहको तर्फबाट यस अघि उम्मेदवारी घोषणा गरेका माओवादी नेता एवं ब्यवसायी टंक धामीको नेतृत्वमा संयुक्त प्यानल बनाएर जाने विषयमा सहमति भएको समावेशी समुहका संयोजक इश्वर पोखरेलले बताए ।
ब्यवसायीबीच भएको सहमति अनुसार अध्यक्ष सहित एक उपाध्यक्ष, महिला उपाध्यक्ष र केही सदस्यहरु सहित माओवादी ब्यवसायीहरु निर्वाचनमा भाग लिनेछन् भने एक उपाध्यक्ष र महासचिव तथा केही सदस्य सहित एमाले समर्थक व्यवसायीहरु गठबन्धन बनाउन सहमत भएका छन् । कोषध्यक्ष र उपमहासचिव राप्रपा निकट ब्यवसायीले पाउने छन् भने केही सदस्यहरुमा एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टी समर्थक ब्यवसायीले उम्मेदवारी दिने गरि सहमति कायम गरिएको पोखरेलले बताए ।
मुख्य पदहरुमा उम्मेदवारी दिने ब्यवसायीको नाम फाइनल भएपनि सबै पदका लागि आन्तरिक छलफल जारी रहेको एमाले निकट ब्यवसायी संगठनका नेता कृष्ण प्रसाद श्रेष्ठले बताए । ‘मिलेर जाने विषयमा सहमति भयो, को को उम्मेदवार पठाउने भन्ने विषयमा छलफल जारी छ ।’ उनले भने ।
अहिलेसम्म सहमतिका आधारमा निश्चित भएका नामहरुमा अध्यक्षमा माओवादीबाट टंक धामी, उपाध्यक्षमा माओवादीबाट चिरन्जिवी वली, एमालेबाट हरिलाल न्यौपाने तथा माओवादीबाट महिला उपाध्यक्षमा मन्दिरा पाण्डे रहेका छन् ।
त्यसैगरि महासचिवमा एमालेबाट भीम रानाभाटको नाम आएको छ भने कोषाध्यक्ष र उपमहासचिवमा राप्रपाकाृ भागमा परेपनि नाम सार्वजनिक गरिएको छैन । सदस्यहरुको पनि दल निकट ब्यवसायीहरुले नाम प्रस्ताव गर्ने अभ्यास थालेका छन् । ुदूयमा जसपा र रास्वपा निकट ब्यवसायीलाई समेटिने बताइएको छ ।
उता कांग्रेस निकट ब्यवसायीले अध्यक्षमा ललित रौनियार नेतृत्वको टिम अगाडि सारेको छ । त्यस समुहको बाणिज्य उपाध्यक्षमा बिष्णु प्रसाद श्रेष्ठ, कोषध्यक्षमा मखन धामी, महिला उपाध्यक्षमा उमा ग्राण्डेन, उपमहासचिवमा टेकबहादुर खड्काको नाम निश्चित भएको अध्यक्षका उम्मेवार रौनियारले बताए । अन्य पदाधिकारी तथा सदस्यहरुको नाम किनारा लागि नसकेको उनले बताए ।
साउन २० गतेका लागि संघको निर्वाचन घोषणा गरिएपनि समयअभाव भन्दै निर्वाचन समितिले भाद्र २ गतेका लागि निर्वाचन गर्ने निर्णय गरेको छ ।



















प्रतिक्रिया