४ पुस २०८२, शुक्रबार | December 20, 2025

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै



काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (सोमबार) पनि बस्दैछ । साउन २ गतेदेखि जारी बैठकअन्तर्गत आज (सोमबार) पनि नेताहरुले आ-आफ्नो धारणा राख्नेछन् ।

केन्द्रीय समितिको बैठक सोमबार दिउँसो ३ बजे, पार्टी मुख्यालय सानेपामा बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

यसअघि आइतबारको बैठकमा २५ जना नेताहरुले आ-आफ्नो धारणा राखेका थिए । आइतबारको बैठकमा फरमूल्लाह मंसुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्रीप्रसाद पाण्डे र जीवन परियारले आ-आफ्नो धारणा राखेका थिए ।

यस्तै, केन्द्रीय सदस्यहरु विमलेन्द्र निधि, विजयकुमार गच्छदार, डा. शशांक कोइराला, चित्रलेखा यादव, अर्जुननरसिंह के.सी., प्रवक्ता डा. प्रकाशशरण महत, डा. शेखर कोइराला, डा. मिनेन्द्र रिजाल, एन.पी. साउँद, श्यामकुमार घिमिरे, मोहनबहादुर बस्नेत, प्रदीपकुमार सुनुवार, विनोदकुमार चौधरी, भीम पराजुली र धना खतिवडाले आ-आफ्नो धारणा राखेका थिए ।

आइतबारको बैठकमा पार्टीका तर्फबाट संघीय सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरु अर्थमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्रमन्त्री एन.पी. साउँद, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत, युवा तथा खेलकूद मन्त्री डिगबहादुर लिम्बू र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले आफ्नो मन्त्रालयले हालसम्म गरेका कार्यहरुको प्रगति विवरण पेस गरेका थिए ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ७ : १२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको