१ पुस २०८२, मंगलबार | December 16, 2025

भ्रष्टाचारविरुद्धको अभियान रोक्ने प्रयास गर्नु र मेरो राजीनामा माग्नु स्वाभाविक : गृहमन्त्री श्रेष्ठ



गोरखा । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरुद्धको अभियान रोक्ने प्रयास गर्नु र मेरो राजीनामा माग्नु अस्वाभाविक नभएको बताएका छन् ।

मंगलबार गोरखामा आयोजित पत्रकार सम्मेलनमा उनले भ्रष्टाचार विरोधी अभियानलाई रोक्ने प्रयास असफल पार्ने र दोषीलाई कारबाही गरेर छाड्ने बताए ।

माओवादी केन्द्रका नेतासमेत रहेका उनले आफ्नै पार्टी र सत्ता गठबन्धनभित्र भ्रष्टाचारी हुन सक्ने भएकाले भ्रष्टाचारविरुद्धको अभियान रोक्ने प्रयास हुनु स्वाभाविक भएको बताए ।

१०० किलो सुन बरामद प्रकरणलाई लिएर सत्ता गठबन्धनकै केही नेताहरुले आफ्नो राजीनामा माग्नुलाई पनि अस्वाभाविक रुपमा नलिएको उनको भनाइ छ ।

मन्त्री श्रेष्ठले गठबन्धन सरकार भ्रष्टाचारविरुद्ध र सुशासनको अभियान अगाडि बढाउन र समृद्धिको लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेको बताए ।


प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  २ : ४१ बजे

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि