९ कार्तिक २०८३, सोमबार | October 26, 2026

भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्न सरकार लागि परेको छ : गृहमन्त्री श्रेष्ठ



नेपालगञ्ज  ।  उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्न सरकार लागि परेको बताएका छन । नेपालगञ्जमा पत्रकार तथा नागरिक समाजसँगको अन्तरक्रियामा बोल्दै गृहमन्त्री श्रेष्ठले देश लुट्नेलाई नछोड्ने बताएका हुन ।

बाँसबारी छालाजुत्ता, भुटानी शरणार्थी, ललिता निवास काण्डको उदाहरण दिँदै श्रेष्ठले माओवादी, नेपाली कांग्रेस, एमाले या जुनसुकै पार्टी भएपनि अपराध गरेको पाइएमा नछोड्ने चेतावनी दिए ।

गृहमन्त्री श्रेष्ठले दल, उद्योगी र कर्मचारीको गठबन्धनले देशलाई लुट्ने काम गरेको उल्लेख गर्दै वर्तमान सरकारले पार्टी, वर्ग, घराना, समुदायको मतलब नराखेर कारबाही गरिरहेको बताए । देशलाई समृद्धिको बाटोमा अघि लगेर जनतामा रहेको निराशालाई चिर्न सरकार लागि परेको गृहमन्त्री श्रेष्ठले बताए । उनले धार्मिक सद्भाव बिथोल्नेलाई सरकारले नछोड्ने चेतावनी दिदै समाजमा द्वन्द्व गराउन खोज्ने जो कोहीलाई नछोड्ने बताए ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ६ : ३१ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ । जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने : महामन्त्री पौडेल

दमौली । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएल विजेताले एक करोड ५० लाख पाउने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेता टोलीले एक

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको