११ असार २०८३, बिहिबार | June 25, 2026

भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्न सरकार लागि परेको छ : गृहमन्त्री श्रेष्ठ



नेपालगञ्ज  ।  उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्न सरकार लागि परेको बताएका छन । नेपालगञ्जमा पत्रकार तथा नागरिक समाजसँगको अन्तरक्रियामा बोल्दै गृहमन्त्री श्रेष्ठले देश लुट्नेलाई नछोड्ने बताएका हुन ।

बाँसबारी छालाजुत्ता, भुटानी शरणार्थी, ललिता निवास काण्डको उदाहरण दिँदै श्रेष्ठले माओवादी, नेपाली कांग्रेस, एमाले या जुनसुकै पार्टी भएपनि अपराध गरेको पाइएमा नछोड्ने चेतावनी दिए ।

गृहमन्त्री श्रेष्ठले दल, उद्योगी र कर्मचारीको गठबन्धनले देशलाई लुट्ने काम गरेको उल्लेख गर्दै वर्तमान सरकारले पार्टी, वर्ग, घराना, समुदायको मतलब नराखेर कारबाही गरिरहेको बताए । देशलाई समृद्धिको बाटोमा अघि लगेर जनतामा रहेको निराशालाई चिर्न सरकार लागि परेको गृहमन्त्री श्रेष्ठले बताए । उनले धार्मिक सद्भाव बिथोल्नेलाई सरकारले नछोड्ने चेतावनी दिदै समाजमा द्वन्द्व गराउन खोज्ने जो कोहीलाई नछोड्ने बताए ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ६ : ३१ बजे

कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अन्तरराष्ट्रिय बजारमा कच्चा

आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

पाल्पा । यहाँको तिनाउ गाउँपालिका सत्यवतीका जीतबहादुर राना ऋणधन गरी

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा विपक्षीको नाममा कारण देखाऊ आदेश

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण सम्बन्धी

विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त विपी राजमार्गको काभे्रपलाञ्चोक–सिन्धुली खण्डमा स्थायी