१५ पुस २०८२, मंगलबार | December 30, 2025

अर्घाखाँचीमा सबैभन्दा पहिला खर्च विवरण बुझाएकाे हुँ : हरिप्रसाद भुसाल



अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता हरिप्रसाद भुसालले निर्वाचन खर्चको विवरण निर्धारित मितिमै बुझाएको बताएका छन्।

आयोगले खर्च विवरण नबुझाउनेको सूचीमा आफ्नो नाम सार्वजनिक गरेलगत्तै नेता भुसालले यस्तो प्रतिक्रिया दिएका हुन् । गत निर्वाचनकाे खर्च विवरण अर्घाखाँची जिल्लामा सबैभन्दा पहिला आफूले बुझाएकाे भुसालले दावी गरे । “अझ खर्च विवरण फेसबुकमार्फत् सार्वजनिक गर्ने त म अर्घाखाँचीकाे एकमात्र उम्मेद्वार हुँ,” भुसालले भने ।

न्युज कारखानासँग कुरा गर्दै भुसालले अर्घाखाँची जिल्लामा मतगणाना सकिएकै दिन खर्च विवरण बुझाउनुका साथै फेसबुकबाट सार्वजनिकसमेत गरेकाे बताए ।

“अर्घाखाँचीमा मंसिर ८ गते मतगणना सकियाे, साेही दिन नै मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा पुगेर निर्वाचन कार्यालयका कर्मचारीहरुलाई खर्च विवरण बुझाएकाे हुँ । भुसालले भने, “ साेही दिन नै सामाजिक संजाल मार्फत समेत खर्च विवरण सार्वजनिक समेत गरेकाे थिएँ । ”

खर्च विवरण फेसबुकबाट सार्वजनिक गरे लगत्तै नेता भुसालकाे फेसवुक एकाउन्ट ह्याक भएकाे थियाे । “८ गते फेसवुकबाटै खर्च विवरण समेत सार्वजनिक गरेकाे थिएँ ।” भुसालले भने “खर्च विवरण सार्वजनिक गरेकै दिन मेराे फेसबुक ह्याक भएकाे थियाे ।”

गत निर्वाचनमा भुसाल अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार थिए। अर्घाखाँचीबाट एमाले नेता टाेपबहादुर रायमाझी निर्वाचित हुँदा भुसालले ३ हजार २ सय मत प्राप्त गरेका थिए ।

निर्वाचन आयोगले निर्धारित मितिमा खर्च विवरण सार्वजनिक नगरेको भन्दै बहालावाला तीन मन्त्री सहित प्रतिनिधि सभातर्फ एक हजार ३७ जना र प्रदेश सभातर्फ एक हजार ३९८ जना उम्मेदवारलाई जनही १५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  १ : १२ बजे

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

नेपालगन्ज । नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा

राष्ट्रिय च्याउ दिवस : नेपालमा एक हजार १५० प्रजातिका च्याउ, सय प्रजातिका विषालु

काठमाडौँ । च्याउको महत्व प्रचारप्रसारमार्फत गुणस्तरीय च्याउ उत्पादन प्रवद्र्धन, खाद्य

प्रसाईलाई बुद्धको तस्बिर उपहार दिँदैै प्रधानमन्त्रीले भनिन् – ‘शान्ति कायम राख्ने अभियानमा साथ दिनुहोस्’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र अमनचयन कायम